काठमाडौँ– उत्तरी छिमेकी चीनले नेपालको सीमावर्ती जिल्ला हुम्लालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहीबार चिनियाँ विदेश मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रका स्थानीय अधिकारीले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् । यो सहयोगलाई राजदूत यान्छीले महामारीविरुद्ध दुई देशको संयुक्त लडाइँको एक महत्वपूर्ण पक्ष भनेकी छन् […]