निषेधाज्ञाका क्रममा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्टल स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ । यसअघि बिहान १० बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म खुला गर्न पाइने व्यवस्था थियो । स्थानीय ढुवानीका हकमा बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।
खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।