७ लाख रुपैयाँबराबरको खाद्य सामग्री बरामद

मोरङ – राजस्व छली लुकाएर राखिएको ७ लाख रुपैयाँबराबरको खाद्य सामग्री मोरङ प्रहरीले बरामद गरेकोे छ। विराटनगर १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार विराटनगर–१५ स्थित सरिता मिश्राको डेराबाट मोरङ प्रहरीले राजस्व छली भारतबाट भित्रिएको खाद्यान्न बरामद गरेको हो। मिश्राको कोठाबाट २४ बोरा करिब ७ सय २० किलो मरिच, ३० किलो नरिवल र ३ सय ५० […]

सम्बन्धित सामग्री

म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै

संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेटलगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ गर्दै बिक्रीवितरण गरेको पाइएको हो ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले राजधानीका विभिन्न स्थानमा हालै गरेको अनुगमनमा ७ लाख मूल्यबराबरका म्याद सकिएका १२ आइटमका खाद्य सामग्रीहरूमा रिलेबलिङ गरेको पाइएपछि ती सबै सामान बरामद

वीरगञ्ज महानगरको राहत कार्यक्रमलाई शिवशक्ति उद्योगको सहयोग

जेठ १९, वीरगञ्ज । वीरगञ्ज महानगरले कोरोना महामारीको समयमा सञ्चालन गरेको राहत कार्यक्रमलाई शिवशक्ति उद्योगले खाद्यान्न सहयोग गरेको छ । सो उद्योगले महानगरपालिकालाई पौने ७ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न सहयोग गरेको हो ।  कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञामा विपन्न परिवारलाई निःशुल्कखाना कार्यक्रममा महानगरले सहयोग पु¥याउँदै आएको छ । यो कार्यक्रमका लागि उद्योगले महानगरलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।  उद्योगका प्रतिनिधि महेशजंग पाण्डेले महानगरका प्रमुख विजयकुमार सरावगीलाई नौ मेट्रिक टन चामल, एक मेट्रिकटन दाल, १०० लिटर तेल हस्तान्तरण गरेका छन् । नगरप्रमुख सरावगीले महामारीले निम्त्याएको अहिलेको संकटमा अरूको मुख ताकेर नहुने बताए । सबैले आफूले सकेको सहयोग गरेमा महामारीको सामना सहज हुने उनको भनाइ थियो ।  महानगर क्षेत्रमाविभिन्न संघसंस्थाले निःशुल्क भोजन वितरण गर्दै आएका छन् । महानगरले ती संस्थाहरूलाई खाद्यान्न उपलब्ध गराइरहेको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले बताए । स्वयमसेवी संस्थाहरूलाई खाद्यान्न अभाव हुन नदिन महानगरपालिकाले आवश्यक खाद्य सामग्री उपलब्ध गराउँदै आएको उनले बताए ।