पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका सिंह सर्लाही ४ बाट विजयी

सर्लाही – सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह विजयी हुनुभएको छ ।  सिंहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार रायलाई १ हजार ७ सय ६४ मतले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । सिंहले २० हजार १७ मत प्राप्त गर्दा रायले १८ हजार २ सय ५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  सिंह २०७० र २०७४ को दुवै चुनावमा त्यसै क्षेत्रबाट निर्वाचित  हुनुहुन्थ्यो । कांग्रेसले सिंहलाई टिकट नदिएर रायलाई दिएपछि उहाँ...

सम्बन्धित सामग्री

अमरेशकुमारले भने- पार्टी खोल्ने कुनै योजना छैन, म स्वतन्त्र नै छु

काठमाडौं– सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका अमरेशकुमार सिंहले आफ्नो पार्टी खोल्ने वा कुनै अरू पार्टीमा जाने योजना नभएको बताएका छन् । सिंहले  आफू सधैँ स्वतन्त्र सांसदका रुपमै रहने बताए ।  इकागजसँग कुरा गर्दै उनले भने, ‘मैले पार्टी खोल्दै छु भनेर आ...

पूर्वकांग्रेस नेता अमरेश नयाँ पार्टी खोल्ने तयारीमा

काठमाडौँ– पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पूर्वकांग्रेस नेता अमरेशकुमार सिंहले राजनीतिक दल खोल्ने तयारी गरेका छन्। सिंहले एमाले त्याग्दै सर्लाही ४ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साह र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीसँग मलेर नयाँ दल खोल्ने बिषयमा छलफल थालेका हुन्। उनले देशसञ्चारसँग कुरा गर्दै नयाँ राजनीतिक दल खोल्ने […]

कांग्रेसका बागी उम्मेदवार अमरेशले प्रचण्डलाई किन भेटे ?

कांग्रेसले टिकट नदिएपछि सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दिएका डा‌. अमरेश कुमार सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

सर्लाही–४ मा सत्ता गठबन्धनलाई अमरेश–शिवपुजन फ्याक्टर मुख्य चुनौती

प्रतिनिधिसभा अन्तर्गत सर्लाही–४ नम्बर क्षेत्रको चुनाव रोचक हुने भएको छ । त्यहाँ सत्ता गठबन्धन र जसपा–एमाले गठबन्धनबीच प्रतिस्पर्धाभन्दा पनि बागी उम्मेदवारको बीचमा प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।सो क्षेत्रमा जसपा–एमाले गठबन्धनबाट जसपाका राकेश मिश्रले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् भने सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका नागेन्द्रकुमार यादव उम्मेदवार छन् । तर यहाँ सत्ता गठबन्धनबाटै बागी बनेर दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।सर्लाही–४ का लागि अमरेशकुमार

कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका अमरेशको चुनाव चिह्न माछा

नेपाली कांग्रेसबाट यस पटक टिकट नपाएका अमरेशकुमार सिंहले सर्लाही–४ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई निर्वाचन आयोगले माछा चुनाव चिह्न प्रदान गरेको छ ।सर्लाही–४ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति नागेन्द्रकुमार राय उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपाका राकेशकुमार मिश्र उम्मेदवार छन् ।२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित भएका थिए । त्यतिबेला उनी कांग्रेसबाटै उम्मेदवार भए पनि आन्तरिक गुटब

अमरेश कुमार सिंहले सर्लाही-४ बाट दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं, २३ असोज । डा. अमरेश कुमार सिंहले सर्लाही-४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई कांग्रेसले टिकट दिएको थिएन । ०७४ मा सिंह यही क्षेत्रबाट विजयी भएका थिए । तर, अहिले सभापति शेरबहादुर देउवाले सिंहलाई टिकट नदिएका हुन् । सिंह उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्दा दलबलसहित पुगेका थिए ।

अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने

२३ असोज, सर्लाही । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् । अमरेशकुमार सिंह सर्लाही ४ का निवर्तमान सांसद हुन् । कांग्रेसले सर्लाही ४ मा नागेन्द्र रायलाई टिकट दिएको छ । पार्टीले अयोग्य व्यक्तिलाई टिकट दिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन लागेको सिंहले बताए । कांग्रेसको टिकट पाएका […]

सर्लाली ४ मा अमरेश सिंहले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौँ – आफू निर्वाचित हुँदै आएको सर्लाही ४ मा पार्टी टिकट नदिएपछि कांग्रेस नेता अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। टिकटका लागि काठमाडौँ आएका सिंह आइतबार बिहान पहिलो फ्ल्याइटबाट जिल्ला पुगेर स्वतन्त्र रुपमा उम्मेदवारी दिने भएका हुन्। सर्लाही ४ मा महामन्त्री गगन थापालाई टिकट दिने तयारी कांग्रेसले गरेको छ।