अमरेश कुमार सिंहले सर्लाही-४ बाट दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं, २३ असोज । डा. अमरेश कुमार सिंहले सर्लाही-४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई कांग्रेसले टिकट दिएको थिएन । ०७४ मा सिंह यही क्षेत्रबाट विजयी भएका थिए । तर, अहिले सभापति शेरबहादुर देउवाले सिंहलाई टिकट नदिएका हुन् । सिंह उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्दा दलबलसहित पुगेका थिए ।  

सम्बन्धित सामग्री

नयाँ पार्टी घोषणा गर्दै प्रभु साह, अमरेश कुमार सिंह पनि जोडिदै

रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका ...

प्रभु साह र अमरेश कुमार सिंह मिलेर नयाँ पार्टी गठन गर्दै

प्रभु साहले नयाँ दल दर्ता गर्ने तयारी सुरु गरेका छन् । नेकपा एमालेबाट पाएको टिकट छोडेर रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका सांसद साहले आफूले नयाँ पार्टी ...

कांग्रेसले टिकट नदिएपछि अमरेश सिंहको स्वतन्त्र उम्मेदवारी

जनकपुरधाम । नेपाली कांग्रेसबाट टिकट नपाएपछि निवर्तमान सांसद अमरेश कुमार सिंह स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । जहिल्यै नेपाली कांग्रेसको झण्डा बोक्दै आएका सिंह स्वतन्त्र उम्मेदवारी दर्ता गराउन पुगेका बेला राष्ट्रिय झण्डा बोकेका थिए । समर्थक सहित उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता […]