कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका अमरेशको चुनाव चिह्न माछा

नेपाली कांग्रेसबाट यस पटक टिकट नपाएका अमरेशकुमार सिंहले सर्लाही–४ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई निर्वाचन आयोगले माछा चुनाव चिह्न प्रदान गरेको छ ।सर्लाही–४ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति नागेन्द्रकुमार राय उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपाका राकेशकुमार मिश्र उम्मेदवार छन् ।२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित भएका थिए । त्यतिबेला उनी कांग्रेसबाटै उम्मेदवार भए पनि आन्तरिक गुटब

सम्बन्धित सामग्री

डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्चमा रिट

३ कात्तिक, काठमाडौं । काठमाडौं–१ का स्वतन्त्र उम्मेदवार देव शर्माले निर्वाचन आयोगले आफूलाई डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । २६ असोजमा आयोगले डोजर चुनाव चिह्न दिएको तर अनुसूचीमा हेर्दा डोजर नभई रोलर देखिएको उनले बताएका छन् । उक्त चुनाव चिह्न सच्याउन निर्वाचन आयोगमा निवेदन दिँदा फेरि बुल्डोजर चिह्न […]

मोरङ-५ मा योगेन्द्र मण्डलले पाए चापाकल चुनाव चिह्न

२६ असोज, विराटनगर । मोरङ क्षेत्र नम्बर-५ का स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले ‘चापाकल’ चुनाव चिह्न पाएका छन् । बुधबार निर्वाचन अधिकृतको कार्यालयबाट उनले चापाकल चुनावचिह्न लिएका हुन् । नेकपा एमाले नेता मण्डल पाँच वर्षयता सो क्षेत्रमा उम्मेदवार बन्ने तयारी गरेका थिए । तर नेकपा एमालेले अन्तिम समयमा उनलाई टिकट दिएन् । जसपासँग तालमेल गर्दा मोरङ […]

बर्दिबास गरपालिका–१४ मा एक मतले स्वतन्त्र उम्मेदवार विजयी

वीरगञ्ज – महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नम्बर १४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार एक मतले विजयी भएका छन्। वडा नम्बर १४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयकुमार महतो एक मतले विजयी भएका हुन्। चुनाव चिह्न घोडा पाएका उनले ५०८ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतबहादुर हमालले ५०७ मत ल्याएका थिए। यसअघि वडा नम्बर ७ […]

गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

बागलुङ : बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्मा विजयी भएका छन्।मुडा चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका शर्माले उनका प्रतिस्पर्धी नेकपा एमालेका गुरुदत्त पाठकलाई ५३७ मतको अन्तरले पराजित गरेका हुन्।शर्माले १ हजार ३३८ मत प्राप्त गर्दा एमालेका पाठकले ८०१ मत प्राप्त गरेका छन्। अध्यक्षमा सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माले १७८ मत प्राप्त गरेका छन्।महिला वडा सदस्यमा नेकपा एमालेका शान्तिदेवी शर्मा ५३० मत

विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

विराटनगर : विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।जनता समाजवादीबाट टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार (लाल्टिन) चुनाव चिह्न लिएका जितेन्द्रकुमार साह वडाध्यक्षमा विजयी भएका हुन्। साहले ७१६ मत ल्याएर वडाध्यक्ष निर्वाचित हुँदा जसपाका उम्मेदवार दिनेशकुमार यादव ६८ मतले पछि परे।यादवले ६३८ मत पाएका छन्। सो वडामा स्वतन्त्रबाट थप २ सदस्य गौरव मण्डल र ढुरिया यादवसमेत विजयी भएका छन्।

गोकर्णेश्वर-४ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार महत निर्वाचित

काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत वडा अध्यक्षमा विजयी भएका छन् । लौरो चुनाव चिह्न पाएका उनी एक हजार २७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । महतका निकटतम प्रतिद्धन्द्धि एमालेका श्रीकुमार श्रेष्ठले ९२९ मत ल्याए भने कांग्रेसका ज्ञानकुमार श्रेष्ठले ७९४ मत ल्याएका थिए । कांग्रेसले उम्मेदवार बन्न नदिएपछि […]

चुनाव चिह्न घोडा छाप पाएका स्वतन्त्र उम्मेदवार एक मतले वडाध्यक्षमा जिते

वीरगञ्ज – महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार एक मतले विजयी भएका छन्। वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राम स्वागारथ यादव एक मतले विजयी भएका हुन्। चुनाव चिह्न घोडा पाएका उनले ७२७ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार सरेन्द्रकुमार सिंह कोइरीले ७२६ मत ल्याएका थिए। […]

‘अटेरी’ उम्मेदवार गनेशको चुनाव चिह्न लौरो नै

काठमाण्डाै - पोखरा महानगरपालिकाको मेयर पदमा अटेरी अभियान चलाइरहेका गनेश पौडेलको पनि चर्चा छ । उहाँले चुनाव चिह्न लौरो पाउनुभएको छ ।लौरौ चुनाव चिह्न पाएपछि प्रचारमा खटिएको अटेरी अभियानको समूहले दिउँसो लौरो नपाउने खबर पाएपछि निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराजुलुस समेत गरेको थियो । पछि उहाँले लौरो नै चिह्न पाउनुभएको छ ।पोखरामा स्वतन्त्र उम्मेदवार सात जना मात्रै रहेकोले सातौँ लहरसम्मको मात्र चुनाव चिह्न दिनुपर्नेमा आठौँ लहरको परेपछि विवाद भएको र पछि एक लहर थप्ने निर्णय गरेर लौरो नै दिएको कास्...

जनकपुरमा स्वतन्त्रलाई चिह्न प्रदान

जनकपुरधाम : उपमहानगरपालिका मेयर पदका नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार मनोज साहले घण्टाघर चुनाव चिह्न पाएका छन्। आफूलाई निर्वाचन अधिकृतको कार्यालयले घण्टाघर चुनाव चिह्न प्रदान गरेको साहले जानकारी दिए।त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले लालटिन छाप चुनाव चिह्न र बलराम महतोले आँप छाप पाएका हुन्। आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज शनिबार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको हो। जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन अ

व्यासका मेयर उम्मेदवार जोशीले पाए कैंची चुनाव चिह्न

१७ वैशाख, तनहुँ । व्यास नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले चुनाव चिह्न कैँची पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिह्न ‘कैँची’ प्रदान गरेको हो । नेकपा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीका छोरा हुन् । तनहुँमा नेकपा एमाले र गोबिन्दराज जोशी […]