जेठ १६, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको चैत मसान्तको तुलनामा वैशाख मसान्तमा एनएभी घटेको छ ।
चैत मसान्तमा उक्त योजनाको एनएभी रू. १८ दशमलव ६० रहेकोमा वैशाख मसान्तमा घटेर रू. १८ दशमलव ५७ मा झरेको हो । योजनाको चैत मसान्तको तुलनामा बैशाख मसान्तमा एनएभी रू. शून्य दशमलव शून्य ३ ले घटेको हो । त्यसैगरी एनएभी घटेसँगै योजनाको नाफामा पनि कमि आएको छ ।
चैत मसान्तमा रू. ७१ करोड ६१ लाख ४० हजार नाफा कमाएको उक्त योजनाको नाफा वैशाख महीनामा रू. ७१ करोड ३५ लाख ९१ हजारमा सीमित भएको हो ।
वैशाखमा योजनाको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । चैत महीनामा रू. ७३ करोड २५ लाख आम्दानी गरेको उक्त योजनाको नाफा वैशाख महीनामा रू. ७३ करोड २३ लाखमा सीमित भएको हो । योजनाको वैशाख मसान्तसम्ममा प्राप्त भएको आम्दानी रू. ४६ करोड ३६ लाख ३२ हजार छ भने प्राप्त हुन बाँकी आम्दानी रू. २६ करोड ८७ लाख ५९ हजार रहेको छ ।
वैशाख मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्दति निक्षेपमा गरेको लगानीको लागत मूल्य (धितोपत्र दलाल कमिशनसहित) रू. ६५ करोड ९० लाख २ हजार रहेको उक्त योजनाको बजार मूल्य रू. १ अर्ब ७ करोड ७७ लाख ९६ हजार पुगेको छ ।