नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष  जोशीको निधन

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष विनोदकुमार जोशीको निधन भएको छ। शुक्रबार बिहान उनको काठमाडौंस्थित केएमसी अस्पतालमा निधन भएको हो। जोशीको हृदयघातबाट निधन भएको पारिवारीक स्रोतले जनाएको छ। ५४...

सम्बन्धित सामग्री

आन्दोलनले नेपाल-बंगलादेश व्यापार प्रभावित, नाकामै रोकिए गाडी

२१ साउन, काठमाडौं । बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई देशबीचको आयात–निर्यातका सामान बोकेका गाडीहरू नाकामा अलपत्र …

१० अर्ब पूँजीको पूर्वाधार निर्माण कम्पनी कामविहीन

काठमाडौ। चार वर्षअघि सरकारको पूर्ण स्वामित्वमा स्थापना भएको १० अर्ब अधिकृत पूँजी र ५ अर्ब जारी पूँजी भएको नेपाल पूर्वाधार निर्माण कम्पनी कामविहीन छ । निर्माणको क्षेत्रमा काम गर्न तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार २५ गते स्थापना गरेको यो कम्पनी स्पष्ट नीतिको अभावमा कामकाजविहीन बनेको हो । अहिलेसम्म सामान्य परामर्शबाहेक निर्माण क्षेत्रको अन्य कुनै महत्त्वपूर्ण काम यसले गर्न पाएको छैन ।  कम्पनीलाई पूर्वाधार विकासका प्राय: सबै क्षेत्रमा संलग्न हुने अधिकार दिइएको छ । तत्कालीन सरकारले सडक, विमानस्थल, द्रुतमार्ग, राजमार्ग, रेलमार्ग, सुक्खा बन्दरगाह, बन्दरगाह, नहर, पाइपलाइन, सबस्टेशन लगायत पूर्वाधार निर्माणका काममा संलग्न गराउने उद्देश्यले कम्पनी स्थापना गरेको थियो । ओली सरकारको पतनपछि गठन भएका सरकारको प्राथमिकतामा यो कम्पनी नपरेको देखिन्छ । लामो समयसम्म स्पष्ट नीति नबन्दा उद्देश्य प्राप्तिमा यो कम्पनी पछि परेको हो । कम्पनीले परिणाममुखी काम गर्न नसकेको सरकारी अधिकारीहरू नै स्वीकार्छन् । कम्पनी सचिवसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव राजेशकुमार थापा उद्देश्यअनुसार कम्पनी अघि बढाउन विद्यमान कानूनले नदिएको बताउँछन् । उनका अनुसार सरकारी स्वामित्वको यो कम्पनीलाई जुनसुकै बेलामा पनि सार्वजनिक सरोकारका खरीद तथा निर्माण कार्यमा लगाउन सक्ने उद्देश्य राखिएको छ । तर, हालको खरीद ऐनले प्रतिस्पर्धाविना कसैलाई कुनै काम लगाउन नसक्ने व्यवस्था गरेकाले यसलाई अघि बढाउन कठिनाइ भएको छ । ‘खरीद ऐन संशोधन गर्नुपर्ने भएकाले भौतिक पूर्वाधार मन्त्रालयले त्यसका लागि पहल गरिसकेको छ । नीतिगत जटिलता सुधारेपछि कम्पनीले उद्देश्यअनुसार निर्माणको क्षेत्रमा काम गर्न सक्नेछ,’ उनले आर्थिक अभियानसँगको कुराकानीमा बताए ।  नेपाल पूर्वाधार निर्माण कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र केसीले नीतिको अभावमा कम्पनीले परिणाममुखी काम गर्न नसकेको बताए । उनका अनुसार खरीद ऐनमा भएका कानूनी व्यवस्था सुधार गरे मात्रै पूर्वाधार निर्माण कम्पनीले काम गर्न सक्छ । अहिले कम्पनीले सामान्य परामर्शको काम मात्रै गरेको छ । निर्माणसँग सम्बद्ध अरू कुनै काम गर्न सकेको छैन । ‘इन्जिनीयरिङ विषयका सम्पूर्ण क्षेत्रमा सामान्यत: संरचना निर्माणका क्षेत्रमा सम्भाव्यता अध्ययन, प्लानिङ, डिजाइन, निर्माण सुपरिवेक्षण तथा सोको व्यवस्थापनसम्बन्धी कार्य गर्ने भनिएको छ तर नीतिगत रुपमा अधिकार प्रत्यायोजन गरिएको छैन,’ उनले भने । कानूनी जटिलता फुकाउन केही नेपाल ऐन संशोधन गर्ने विधेयक संसद्मा दर्ता भएकाले केही आशा पलाएको केसीले बताए ।  नीतिगत व्यवस्था गर्दै सरकार कम्पनी स्थापनाको ४ वर्षसम्म चासो नदेखाएको सरकारले यो कम्पनीलाई अधिकार दिन बल्ल पहल गरेको देखिन्छ । संसद्मा हालै दर्ता भएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा सार्वजनिक ऐन २०६३ का दफाहरूलाई सुधार गर्न खोजिएको छ ।  हाल कम्पनीले राखेका उद्देश्य प्राप्त गर्ने गरी ऐनमा व्यवस्था गर्न लागिएको छ । विधेयकमा कुनै निर्माण कार्य तत्कालै गर्नुपर्दा प्रक्रिया पूरा गरी खरीद गर्न नसक्ने भएमा वा पूर्वाधार निर्माण कम्पनीमार्फत गर्ने सरकारले निर्णय गरेमा, विशेष परिस्थितिमा सोझै पूर्वाधार निर्माण कम्पनीलाई निर्माणको जिम्मा लगाउन सक्ने व्यवस्था गर्न खोजिएको छ । संसद्मा दर्ता भएको विधेयकमा कम्पनीलाई सबै किसिमका ठेक्का व्यवसाय सञ्चालन गर्न, भवन, कारखाना, हवाई मैदान, द्रुतमार्ग, राजमार्ग, सडक, सहायक मार्ग, रेलमार्ग, ड्राइपोर्ट, ड्याम मार्ग, लघु रेलमार्ग (साइडिङ) पुल, सुरुङ वा जलमार्ग, रोपवे, विमानस्थल, ह्यांगर, बन्दरगाह, सेतुबन्ध, तटवर्ती मार्ग निर्माण गर्न दिने व्यवस्था राख्न खोजिएको छ । त्यस्तै नहर, जहाजघाट, पाइपलाइन, जलमार्ग, जलाशय, पानी ट्यांकी, पोखरी, सेतुबन्ध बाँध, सिभिल इन्जिनीयरिङ निर्माण कार्य, वर्कशप, ग्यारेज, होटेल, गोदाम, भण्डार, शीत भण्डारस्थल निर्माण पनि कम्पनीलाई दिन खोजिएको छ ।  यसबाहेक बजार, पसल, नगर, निवास, नयाँ बस्ती तथा बसोवास, एकीकृत शहरी विकास, शहरी पूर्वाधार विकास, आवास विकास र जग्गा एकीकरण आयोजना, नयाँ शहर निर्माण तथा शहरी पुनरुत्थान, अर्बन रिजेनरेशन, इनार ड्रिलिङ तथा खनाइ, पुनर्वास विकास, सुधार, सुप्रवर्द्धन तथा कृषियोग्य जमीनको नाली, ढल वा ढल निकास, नदी बग्ने मार्ग, जल परिवहन, जलविद्युत्गृह निर्माण कार्य, बाढी नियन्त्रण, मनोरञ्जनात्मक सुविधा, पौडीपोखरी, मत्स्यपोखरी, सार्वजनिक, औद्योगिक, कृषियोग्य एवं अन्य सबै प्रकारका भवन तथा जीवनउपयोगी सुविधाको निर्माण कार्य यो कम्पनीले गर्न पाउने गरी कानूनी व्यवस्था गरिँदै छ ।  सरकारले यसअघि २०१८ सालमा नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल (एनसीसीएन) स्थापना गरेको थियो । लगातार ६ वर्ष घाटामा गएपछि सरकारले २०६७ सालमा एनसीसीएन खारेज गरेको थियो । रमाइलो पक्ष त अहिलेको पूर्वाधार निर्माण कम्पनी परामर्शको काम गरेरै नाफामा चलिरहेको छ । कम्पनीमा नौ जना कर्मचारी छन् । निर्माणको काम गर्नुपरेको छैन । उपकरणसमेत खरीद गर्नुपरेको छैन । धेरै व्ययभार नभएका कारण पनि कम्पनीले गर्दै आएको केही परामर्शको कामले खर्च धानिरहेको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले माग्यो कर्मचारी

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।शुक्रबार प्रकाशित सूचनाअनुसार कम्पनीले शाखा अधिकृत, वरिष्ठ सहायक, लेखा र प्राविधिक पदमा कर्मचारी माग गरेको हाे । स्थायी पदपूर्ति हुने उक्त जागिरका लागि इच्छुक उम्मेदवारले २१ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

मुगालीले दसैंमा पाएनन् अनुदानको खाद्यान्न

मुगाली जनताले दसैंको अवसरमा अनुदानको खाद्यान्न पाउन सकेका छैनन् । नेपालीको महान पर्व बडादसंै र तिहारको मुखमा नेपाल सरकारबाट पाउने अनुदानको खाद्यान्न नपाउँदा मुगाली जनता बजारमा चर्काे मूल्यको खाद्यान्न किनेर खान बाध्य भएका छन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयको ठेक्का प्रक्रियाका कारण मुगुको सदरमुकाम गमगढी शाखा कार्यालयबाहेक सोरुकोट, पुलु, श्रीकोट, कालै र रातापानी […]

पन्त नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनीको अध्यक्ष

नेपाल सरकार मन्त्री परिषदको द्दज्ञ भदौको निर्०ाय अनूसार उद्योग वा०िाज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमि६े८को संचालक समितिको अध्यक्षमा ५पिराज पन्तलाई घ वर्षका लागी नियुक्त गरेको ५ । ५पिराज पन्तसंग बैकिé क्षेत्रमा झ०८ै तीन दशक काम गरेको लामो अनूभव रहेको कम्पनीले जनाएको ५ ।

सरकारका निर्णय सार्वजनिक

सरकारले आर्थिक वर्ष २०७९-०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँडको ढाँचा र हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्नेलगायत विभिन्न निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन् ।सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा भानु […]

विमानस्थलले बढायो कार्गो शुल्क

काठमाडौं :  त्रिभुवन  अन्तर्राष्ट्रिय  विमानस्थल  हुँदै  हुने  मालवस्तुको  आयात/निर्यातबापतको  शुल्क   बढाइएको   छ। नेपाल   नागरिक   उड्डयन   प्राधिकरणको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था  कम्पनी  लिमिटेडले  सञ्चालन  गरेको...