नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले माग्यो कर्मचारी

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।शुक्रबार प्रकाशित सूचनाअनुसार कम्पनीले शाखा अधिकृत, वरिष्ठ सहायक, लेखा र प्राविधिक पदमा कर्मचारी माग गरेको हाे । स्थायी पदपूर्ति हुने उक्त जागिरका लागि इच्छुक उम्मेदवारले २१ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

सम्बन्धित सामग्री

एयर कार्गोको शुल्क बढ्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर कार्गोको आयात/निर्यात शुल्क १० प्रतिशतले बढाएको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीद्वारा सञ्चालित एयर कार्गो बिल्डिङका अनुसार एयर कार्गो आयात/निर्यातको शुल्क बढाइएको हो ।

काँकडभिट्टा आईसीडी सञ्चालन

नवनिर्मित काँकडभिट्टा सुक्खा बन्दरगाह (आईसीडी) आइतवारबाट नेपाल इन्टरमोडल विकास समिति आफैले सञ्चालन गरेको छ । यसअघि उक्त बन्दरगाह सञ्चालन गर्न दुई पटकसम्म अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । समितिले आह्वान गरेको पहिलो बोलपत्रमा तीनवटा कम्पनीले आवेदन गरे पनि कुनै पनि कम्पनी छनोट हुन सकेनन् । दोस्रोपटक भने एउटै आवेदन परेन । त्यसपछि अहिले ३ महिनाका लागि समिति आफैले सो बन्दरगाह सञ्चालन गर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक शरदविक्रम राणाले अभियानलाई बताए । ‘केही समयपछि पुन: अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने । नेपाल सरकार र ऋण प्रदायक संस्था एशियाली विकास बैंक (एडीबी) बीच सन् २००५ जनवरीमा भएको सम्झौतामा बन्दरगाहको निर्माण सम्पन्न भएपछि समितिलाई हस्तान्तरण गर्ने उल्लेख छ । निर्माण कम्पनीले असोज १३ गते नै उक्त बन्दरगाह सरकारलाई  हस्तान्तरण गरेको थियो । साढे सात हेक्टर क्षेत्रफलमा फैलिएको उक्त बन्दरगाह एडीबीको ३९ करोड ३० लाख रुपैयाँ ऋण सहयोगमा निर्माण भएको हो । सम्झौतामा समितिले अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी छानिएको कम्पनीलाई सञ्चालनको जिम्मा दिने उल्लेख छ । पछिल्लो केही समयदेखि समितिले नै सञ्चालन  गर्ने वा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भए पनि हालका लागि समितिले आफै सञ्चालन गरेको हो । वर्ष ६, अंक ३३, आइतवार, २४ असोज २०६७

आदेशविपरीत नियुक्ति गर्ने उद्योग मन्त्रालयको तयारीमा सर्वोच्चको ब्रेक

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आदेश मिचेर गर्न लागेको नियुक्तिलाई सर्वोच्च अदालतले फेरि रोक लगाएको छ । सर्वोच्च अदालतले यसअघि दिएको आदेशविपरीत मन्त्रालयले चारवटा सार्वजनिक संस्थानमा नियुक्ति गर्ने गरी तयारी अघि बढाएको थियो । तर अदालतले ‘स्टे अर्डर’ जारी गर्दै मन्त्रालयको योजनामा ब्रेक लगाएको हो । मन्त्रालयले हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्ट, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेड र औषधि व्यवस्था लिमिटेडको अध्यक्ष पदमा आवेदन आह्वान गरेको थियो । यसमध्ये हेटौँडा सिमेन्ट

सरकारका निर्णय सार्वजनिक

सरकारले आर्थिक वर्ष २०७९-०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँडको ढाँचा र हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्नेलगायत विभिन्न निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन् ।सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा भानु […]

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष  जोशीको निधन

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष विनोदकुमार जोशीको निधन भएको छ। शुक्रबार बिहान उनको काठमाडौंस्थित केएमसी अस्पतालमा निधन भएको हो। जोशीको हृदयघातबाट निधन भएको पारिवारीक स्रोतले जनाएको छ। ५४...

https://www.onlinekhabar.com/2020/07/877980

१७ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको तीन वटा संस्थान तथा कार्यलयहरुले जनशक्ति माग गरेको छ । बुधबार छुट्टा छुट्टै सूचना प्रकाशित गर्दै मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल पारवहन तथा गोदाम …

विमानस्थलले बढायो कार्गो शुल्क

काठमाडौं :  त्रिभुवन  अन्तर्राष्ट्रिय  विमानस्थल  हुँदै  हुने  मालवस्तुको  आयात/निर्यातबापतको  शुल्क   बढाइएको   छ। नेपाल   नागरिक   उड्डयन   प्राधिकरणको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था  कम्पनी  लिमिटेडले  सञ्चालन  गरेको...