काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त महाप्रवन्धक पदमा रमेश आचार्यलाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रवन्धक पदमा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित […]