सुर्खेत : कर्णालीमा मन्त्रालय र मातहतका कार्यालयमा अहिले पनि झन्डै ४० प्रतिशत कर्मचारी अपुग छन् तर स्वीकृत दरबन्दीअनुसार कर्मचारीको पदपूर्तिका लागि भने कमै माग गरिएको छ। प्रदेशमा २ हजार ८६२ स्वीकृत दरबन्दीमध्ये १ हजार ७२२ जनाको मात्रै पदपूर्ति भएको छ। अहिले पनि १ हजार १४० पद रिक्त छन् ।आयोगका अनुसार हाल प्रदेश मातहतमा सातौँ र आठौँ तहका गरी ३४३ जना कर्मचारी माग गरिएको छ। लोकसेवा आयोगमा कर्णाली प्रदेशअन्तर्गत सातौँ तहका लागि २९२ पदको विवरण पेश भएको छ। आठौँ तह मेडिकल अधिकृत, आयुर्वेद चिकित्सक,