नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को संकल्पपत्रबारे प्रस्ट पारेको छ । संकल्पपत्र तयारी समितिले आइतबार पत्रकार सम्मेलन गरी शनिबार सार्वजनिक गरिएको संकल्पपत्र यथार्थपरक रहेको बताएको हो ।निरन्तरतामा नवीनताको नारा दिएर तयार पारिएको संकल्पपत्र सार्वजनिकपछि राम्रो रेस्पोन्स पाएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । आगामी निर्वाचनपछि गठबन्धनका अन्य दलसँग मिलेर कांग्रेसले सरकार बनाउने भन्दै संकल्पपत्रमा भएका कुरा कार्यान्वयन हुने परियारले बताए । उनले भने, ‘