वैशाख ८, काठमाण्डौ । काठमाडौँको सिनामंगलस्थित सूरिया ल्याबबाट पिसिआर नेगेटिभ आएको रिपोर्ट लिएर त्रिभूवन विमानस्थल पुगेका झण्डै दुई सय जनालाई फर्काइएको छ । सूर्या ल्याबमा परीक्षण गरिएको पिसिआर रिपोर्ट लिएर विभिन्न देश जानका लागि विमानस्थल पुगेका उनीहरुलाई फर्काइएको हो । विदेश यात्राका लागि पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । तर सूर्या ल्याबले नमुना नै नलिइ […]