एमसीसीविरूद्ध बिहीबार हुने प्रदर्शनलाई लक्षित गर्दै बानेश्वर क्षेत्रको सुरक्षामा कडाइ गरिएको छ । एमसीसीको विपक्षमा रहेका विभिन्न दलमा आबद्ध कार्यकर्ताहरुको प्रदर्शनलाई ख्याल गर्दै संसद् भवनदेखि बानेश्वरसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको हो । बानेश्वर खण्डको सडकमा यातायात आवागमन बन्द गरिएको छ । सुरक्षाकर्मीले ठाउँठाउँमा काँडे तार लगाएका छन् ।