बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट

काठमाडौंको अतिव्यस्त चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट राखिएको छ । संघीय संसद् भवननजिकै रहेको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने यात्रीले सास्ती खेप्दै आएका छन् । बुधबार अपरान्ह भुइँमा बनाइएको फलामको ट्रस्टलाई आकाशेपुलको पिल्लरमा जोडिएको छ । बानेश्वर चोकबाट पश्चिमतर्फ ५० मिटरको दुरीमा रहेको यो पुलले दैनिक १५ हजार जना […]

सम्बन्धित सामग्री

बानेश्वर क्षेत्रमा महानगरको डोजर

राजधानीको बानेश्वर क्षेत्रमा बनेका केही संरचनामा काठमाडौं महानगरपालिकाले शुक्रवार डोजर चलाएको छ । महानगरपालिकाले कानुन विपरीत बनाइएका संरचना डोजर चलाएर हटाएको हो । जसअनुसार नयाँ बानेश्वर चोकस्थित सूर्य उजेली भवनमा रहेको अवैधानिक संरचना भत्काइएको महानगरपालिकाले जनाएको छ। यस्तै नेश्वर चोकको आकाशे पुल आसपासका पसल पनि कटाइएको छ ।  महानगरपालिकाले यसअघि दर्जनौँ स्थानका अवैध संरचना हटाइसकेको छ । महानगरपालिका मेयर बालेन शाहलगायतका जनप्रतिनिधिको सक्रियतामा अवैध संरचना हटाउन थालिएको हो

प्रयोगविहीन बन्दै आकाशे पुल

नयाँ बानेश्वर संसद् भवनको गेटको अगाडिपट्टिको पीपलको चौतारासँगै सटाएर आकाशे पुल बनेको छ । पैदल यात्रीहरू निकै हतार–हतारमा यताउता गरिरहेका छन् । सबै जना आ–आफ्ना कार्यमा व्यस्त छन् । कोहीसँग कसैलाई बोल्ने फुर्सद छैन । विभिन्न पेसा, व्यवसायसँग सम्बन्धित मानिसहरूको बिहानदेखि नै चहलफहल सुरु भइसक्छ । यो क्रम साँझ नपरेसम्म यत्तिकै चलिरहन्छ ।निकै व्यस्त रहने […]

राजधानीमै हुँदैन समयमा काम‚ निर्माणाधीन आकाशे पुल वर्षौंदेखि अलपत्र

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वर चोकमा बढी पैदल यात्रुको चहलपहल हुने भएपछि आकाशे पुल बनाउने योजना सडक डिभिजन कार्यालय काठमाडौंले तीन वर्ष अघि बनायो। सोही योजनाअनुसार आकाशे पुल निर्माणका लागि डिभिजन कार्यालय काठमाडौं र प्राकृतिक/पवन/जेभीसँग २०७५ चैत २५ गते नै ठेक्का सम्झौता भयो।आकाशे पुल निर्माणका लागि चार करोड रुपैयाँमा सम्झौता भएको हो। सम्झौता अनुसार आकाशे पुल २०७६ पुस मसान्तसम्म निर्माण पूरा भइसक्नुपर्ने हो। तर‚ म्याद सकिएको आठ महिना भइसक्दा पनि निर्माण सकिएको छैन। यो अवधिमा

बानेश्वरमा यसरी तयार भयो आकाशे पुल

काठमाडौंको नयाँ बानेश्वर चोकमा आकाशे पुल बनेको छ। बुधवार क्रेनको सहायतामा पुल बनेको हो। अघिल्लो वर्षदेखि नै काम थालिए पनि निषेधाज्ञाको समयमा पुल निर्माणले रफ्तार लिएको थियो। पुलमा अब फिनिसिङ बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

बानेश्वरमा क्रेनको सहायताले यसरी राखियो आकाशे पुल (फोटो फिचर)

बानेश्वर चोकबाट पश्चिमतर्फ क्रेनलको सहायताले पुल जोडान गरिएको हो । करिब ५० मिटर टाढा बनाउन लागिएको आकाशे पुल बुधबार जडान गरिएको छ ।...

तस्वीर : बानेश्वर चोकमा आकाशे पुल जडान गर्दै प्राविधिक

काठमाडौंको बानेश्वर चोकमा फलामको आकाशे पुल राख्नका लागि जडान गर्दै प्राविधिक । उक्त आकाशे पुल निर्माण सम्पन्न भएपछि सवारी जाम कम हुने र सर्वसाधारणलाई बाटो काट्न सहज हुनेछ । तस्वीर : रासस

तस्वीर : बानेश्वरमा आकाशे पुल जडान गर्दै प्राविधिक

काठमाडौंको बानेश्वर चोकमा फलामको आकाशे पुल राख्नका लागि जडान गर्दै प्राविधिक । उक्त आकाशे पुल निर्माण सम्पन्न भएपछि सवारी जाम कम हुने र सर्वसाधारणलाई बाटो काट्न सहज हुनेछ । तस्वीर : रासस

बानेश्वर चोकमा फलामको आकाशे पुल

काठमाडौँको बानेश्वर चोकमा फलामको आकाशे पुल राख्नका लागि जडान गर्दै प्राविधिक । आकाशे पुल निर्माणपछि सवारी जाम कम हुने र  सर्वसाधारणलाई  बाटो काट्न सहज हुनेछ । तस्वीर, रासस

फलामको आकाशे पुल राख्नका लागि परेका मजदूर (फोटो)

काठमाडौँ / नयाँ बानेश्वर चोकमा फलामको आकाशे पुल राख्नका लागि पहिला सामान जोड्न लागि परेका मजदूर ।  आकाशे पुुल जडानपछि पैदलयात्रुको चाप हुने बानेश्वर चोकमा सहज

सरकार ! बानेश्वर चोकमा महिनौंदेखि अलपत्र आकाशे पुलले गिज्याउँदैन ?

देशको संघीय राजधानी काठमाडौंको निकै व्यस्त मानिने चोक हो, बानेश्वर । नीति निर्माण गर्ने मात्र होइन प्रधानमन्त्री र राष्ट्रपति समेत निर्वाचित गर्ने जनप्रतिनिधिहरूको थलो संसद् भवन बानेश्वर चोकबाट मुस्किलले सय मिटरको दूरीमा पर्छ । भीभीआईपीले ओहोरदोहोर गरिरहने क्षेत्र हो, यो । विदेशी पाहुना आउँदा पनि यो बाटो नभई ओहोरदोहोर गर्ने अर्को भरपर्दो विकल्प छैन । तर, यही बानेश्वर चोकमा गएर एकछिन उभिनुभयो भने तपाईंले विकासको विद्रुप नमूना देख्न सक्नुहुन्छ । बानेश्वर चोकमा जेब्राक्रसिङकै कारण पनि लामो जाम हुने गर्छ । ट्राफ...