बानेश्वर क्षेत्रमा महानगरको डोजर

राजधानीको बानेश्वर क्षेत्रमा बनेका केही संरचनामा काठमाडौं महानगरपालिकाले शुक्रवार डोजर चलाएको छ । महानगरपालिकाले कानुन विपरीत बनाइएका संरचना डोजर चलाएर हटाएको हो । जसअनुसार नयाँ बानेश्वर चोकस्थित सूर्य उजेली भवनमा रहेको अवैधानिक संरचना भत्काइएको महानगरपालिकाले जनाएको छ। यस्तै नेश्वर चोकको आकाशे पुल आसपासका पसल पनि कटाइएको छ ।  महानगरपालिकाले यसअघि दर्जनौँ स्थानका अवैध संरचना हटाइसकेको छ । महानगरपालिका मेयर बालेन शाहलगायतका जनप्रतिनिधिको सक्रियतामा अवैध संरचना हटाउन थालिएको हो

सम्बन्धित सामग्री

बानेश्वर क्षेत्रका अवैध संरचनामा महानगरको डोजर (फोटो फिचर)

काठमाडौं :  काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्र वरपर बनाइएका अवैध तथा अनधिकृत संरचना डोजर लगाएर हटाएको छ। शुक्रबार महानगरले डोजर लगाएर अवैध संरचनाहरू भत्काएको हो।महानगरले अवैध संरचना हटाउन यसअघि ३५ दिने सूचना जारी गरी हटाउन निर्देशन दिएको थियो। डोजर चलाउनुअघि पनि पटक-पटक माइकिङ गर्दा पनि नहटाइएकाले आफैंले हटाएको महानगरले जनाएको छ।पछिल्लो समय महानगरपालिकाले अवैध संरचना  हटाउने अभियान सञ्चालन गरेर यसलाई तीव्रता दिँदै आएको छ।

वीर अस्पताल अगाडिका औषधि पसलमा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका औषधि पसल राखिएका टहरामा डोजर चलाएको छ ।   औषधि पसल राखिएका टहरा भएको क्षेत्रको नक्सापास हेर्दा ‘गार्डेन’ भेटिएकाले डोजर चलाइएको महानगरले जनाएको छ । बुधबार महानगरले टहरा हटाउन २४ घण्टे अल्टिमेटम दिँदै माइकिङ गरेको थियो ।  यसअघि, महानगरले ३५ दिने अल्टिमेटम दिएर बानेश्वर क्षेत्रका अवेध संरचना...

टुकुचा खोला खोज्दै कमलादीमा महानगरको डोजर [तस्बिरहरु]

अवैध संरचना हटाउने अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक नजिकै खोतल्दा टुकुचा खोला भेटाएको छ । डोजर लगाएर शनिबार खोतल्दा १०/१२ फिट तल टुकुचा खोला भेटिएको महानगरले जानाएको छ । यसअघि जय नेपाल हलको कम्पाउन्डभित्र उत्खनन् गर्दा टुकुचा खोला फेला परेको थियो । केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन महानगरले सूचना जारी पनि गरेको थियो । महानगरले यसअघि बानेश्वर, सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायत ठाउँका अवैध संरचनामा डोजर चलाइसकेको छ ।

काठमाडौं महानगरको डोजर आज बानेश्वरमा चल्यो (फोटोफिचर)

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले आज नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ। शुक्रबार महानगरपालिकाले नयाा बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको संसद् भवनदेखि थापा गाउँको मन्दिरसम्म सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका सडक सीमा मिचेर बनेका अनधिकृत संरचना र पसल हटाउन डोजर चलाएको हो। महानगरका अनुसार ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको हो।

नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ। शुक्रबार महानगरपालिकाले नयाँ बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। यसअघि १५ दिन अगाडि यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले आग्रह गरेको थियो। महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो। काठमाडौँ महानगरले पछिल्लो समय […]

गोंगबु नयाँ बसपार्क क्षेत्र पुग्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को निर्देशनमा परिचालन भएको अवैध संरचना भत्काउँदै हिँडेको डोजर सोमबार गोंगबुस्थित नयाँ बसपार्क क्षेत्र पुगेको छ । काठमाडौं महानगरपालिकाको डोजरले सोमबार नयाँ बसपार्क क्षेत्र ’round निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । यसअघि काठमाडौंको बानेश्वर, न्युरोड, त्रिपुरेश्वर, कोटेश्वर, वनस्थलीलगायत विभिन्न ठाउँको संरचना भत्काएर आइतबार कोटेश्वर क्षेत्रमा […] The post गोंगबु नयाँ बसपार्क क्षेत्र पुग्यो महानगरको डोजर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

काठमाडाैं महानगरको डोजर आज कोटेश्वरतर्फ

बानेश्वर, न्युरोड, दरबारमार्ग क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना हटाउँदै गरेको काठमाडौं महानगरपालिकाको डोजर आज कोटेश्वरतर्फ सोजिने भएको छ ।

काठमाडौं मलको अनधिकृत संरचनामा चल्यो महानगरको डोजर (भिडियो)

काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचना भत्काइदिएको छ ।  बुधबार महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो । भत्काउने क्रममा मेयर बालेन्द्र शाहसहितको टोली उपस्थित थियो । त्यस्तै नेपाल प्रहरी र महानगर प्रहरीको टोली पनि खटिएको थियो । यसअघि सोमबार महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो […]