भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशलाई २५ वर्षमा विकसित मुलुक बनाउने लक्ष लिएको बताए । यसका लागि आफूहरूले ऊर्जा, प्रतिरक्षा र डिजिटल प्रविधिहरू देशभित्र विकास गर्ने नीति लिने प्रधानमन्त्री मोदीले भने । मोदीले सोमबार भारत बेलायती शासनबाट स्वतन्त्र भएको ७५ औँ वार्षिकोत्सवका क्रममा लाल किलाबाट सम्बोधन गर्ने क्रममा यो लक्ष उजागर गरेका थिए । मोदीले १७ औँ शताब्दीमा मुगल शासकहरूले निर्माण गरेको लाल किलामा उभिएर सम्बोधन गरेका थिए । ‘भारतलाई हाम्रै जीवनकालमा विकसित म