अर्थतन्त्र बढाउन क्रिप्टोकरेन्सीको सहारा लिँदै भुटान !

काठमाडौं । अर्थतन्त्रलाई तीव्र गतिमा बढाउन नयाँ-नयाँ क्षेत्रमा हात हालिरहेको भुटान अहिले क्रिप्टोकरेन्सीतिर लागेको छ ।  क्रिप्टो माइनिङ व्यवसायका लागि ५० करोड डलर उठाउन यो महीना मात्रै सरकारी स्वामित्वको कमर्शियल होल्डिङ कम्पनी ड्रक होल्डिङ एन्ड इन्भेष्टमेन्ट (डीएचआई)ले लगानीकर्ताहरूलाई प्रस्ताव गरेको थियो । विश्वको सबैभन्दा ठूलो बिट्क्वाइन माइनरमध्ये एक सिंगापुरको समूह बिटडीयरसँग साझेदारी गरेपछि कम्पनीले लगानीकर्ताहरूलाई फकाएको थियो । हालैका वर्षमा अर्थतन्त्रलाई उकास्न बिट्क्वाइनको सहारा लिने एल साल्भाडोर, मध्य अफ्रिकी गणतन्त्रलगायत देशहरूले पनि यसको प्रयास गरेका थिए । क्रिप्टो बजारमा व्यापक सेल–अफ, घोटाला आदिले क्रिप्टो उद्योगमा व्यापक हलचल भएकै समयमा भुटानले यो प्रयास गरेको छ । भुटान विश्वमा सबैभन्दा ढिला इन्टरनेट चलाउने देशमध्ये एक हो ।  पछिल्लो प्रयासले त्यहाँका ग्रामीण अर्थतन्त्रमा नवप्रवर्तनलाई तीव्रता दिन सघाउने डीएचआईका प्रमुख कार्यकारी उज्जवल दीप दाहाल बताउँछन् । कम्पनी ऊर्जा क्षेत्रमा ड्रोन परिचालन गर्ने परियोजनाको शुरुआती चरणमा छ । फेब्रुअरीमा कम्पनीले बायोमेट्रिक डिजिटल पहिचान प्रणाली पनि ल्याएको थियो । कम्पनीले अहिले नयाँ पुस्ताको उद्योगमा आफ्नो ध्यान केन्द्रित गरिरहेको दाहालको भनाइ छ । यी प्रविधिहरूले नयाँ उद्योग सृजना गर्ने अनि लगानी पोर्टफोलियोको विविधीकरण गर्ने उनी बताउँछन् । बिटडियरसँग मिलेर डीएचआईले अन्तरराष्ट्रिय संस्थागत लगानीकर्ताहरूसँग पैसा लगानी गर्न पिचिङ गर्दैछ । कम्पनीले देशभित्र सय मेगावाटको क्रिप्टो माइनिङ डेटा सेन्टर पनि खोल्दैछ । भुटानमा जलविद्युत्को प्रचुर सम्भावना छ । बिट्क्वाइन माइनिङका लागि धेरै बिजुली चाहिन्छ । यसको लागि जलविद्युत् जस्तो नवीकरणीय बिजुली भएपछि के चाहियो ? भुटानको सबैभन्दा धेरै निर्यात वस्तु बिजुली हो । उसले बिजुली निकालेर भारतलाई बेच्छ । बिट्क्वाइन माइनिङ शुरु भयो भने यसले आम्दानीको स्रोतमा पनि विविधीकरणमा सघाउनेछ । यो विश्वमा प्रतिव्यक्ति सबैभन्दा ठूलो बिटक्वाइन माइनर बन्ने सक्ने नर्वेस्थित माइनिङसम्बन्धी डेटा दिने कम्पनी ह्याशरेट इन्डेक्समा विश्लेषक जारेन मेलरुड बताउँछन् । तर, यो पहलका चाहिने ५० करोड डलरको फन्ड जुटाउनै हम्मे हम्मे देखिन्छ । किनकि सन् २०२१ यता हरेक हप्ता एक माइनरले माइनिङ परियोजनाका लागि ५ करोड देखि १० करोड डलरसम्म उठाइरहेका छन् । अहिले माइनरले ५ करोड डलर उठाउन सक्नु नै ठूलो कुरा हुने मेलरुडको भनाई छ । हालैका समयमा क्रिप्टो उद्योगमा भएका घोटाला, बजारमा तीव्र उतारचढावको मारमा पनि कम्पनीहर" छन् । गएको वर्ष बिट्डियरले पनि ठूलो घाटा बेहोरेको थियो । कम्पनीको शेयर पनि एक तिहाइले घटेको छ । टाट पल्टिएको कर्जादाता ब्लकफाई र सेलियसमा डीएचआईको दशौं लाख क्रिप्टोकरेन्सी फसेको छ । तर, कम्पनीले आफूले पैसा गुमाएको कुरा अस्वीकार गर्दै आएको छ । क्रिप्टो उद्योगमा एक पछि अर्को घोटाला र घाटा भइरहँदा दाहालले माइनिङलाई लगानीका लागि सबैभन्दा सुरक्षित उद्योग दाबी गरेका छन् । भुटानले क्रिप्टो उद्योगको विकास गर्न सक्यो भने त्यहाँको अर्थतन्त्रलाई यसले निकै बढावा दिनेछ । यसले आम जनजीवनमा पनि सुधार आउनेछ । यद्यपि यसबाट भुटानको अर्थतन्त्र कति उकासिन्छ, त्यो भने समयले नै देखाउनेछ ।   नेपाल पनि जलविद्युत्मा प्रचुर सम्भावना भएको देश हो । निर्यात वस्तुको विकल्प सीमित भएको नेपालमा पनि क्रिप्टोकरेन्सी माइनिङलाई अनुमति दिएर अर्थतन्त्रलाई टेवा पुग्थ्यो कि ? एजेन्सी

सम्बन्धित सामग्री

एमालेले मात्रै अर्थतन्त्र अघि बढाउन सक्छ : ओली

काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम नेकपा एमालेबाहेकले नसक्ने बताएका छन्। शुक्रवार पार्टीको मध्यपहाडी यात्राअन्तर्गत लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जति वटा पार्टी मिले पनि देश बनाउने काम एमालेबाहेकका राजनीतिक दलले नसक्ने जिकिर गरे।उनले राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकताबद्ध बनाउने, समाजमा आशा, भरोसा, उत्साह र विश्वास ज

निजी क्षेत्रको मनोबल बढाउन बैंकले ब्याजदर घटाउनुपर्छः अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरूले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गरेका छन्। बिहीवार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा अर्थमन्त्री डा. महतले सरकारले अर्थतन्त्र चलायमान बनाउन र बैंकको ब्याजदर घट्ने उद्देश्यले स्थानीय तहको सञ्चित कोषको रकम बैंकले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको बताए। […]

सुनको कोटा बढाउन सरकार तयार: मन्त्री रिजाल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बजारको माग अनुसार सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन्। मन्त्री रिजालले अर्थतन्त्र र भुक्तानी सन्तुलनको स्थिति सकारात्मक रहेकाले अहिलेको आपूर्ति कोटामा बृद्धि गर्न कुनै कठिनाइ नभएको बताएका हुन्। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार उनकै कार्यकक्षमा गएको महासंघको टोलीसँगको भेटमा  सुनचाँदी व्यवसायको […]

कृषि उत्पादन बढाउन सकेमा देशको अर्थतन्त्र बलियो हुन्छ : कृषिमन्त्री भुसाल

काठमाडौं, ३० असार । कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादनलाई बढाएर निर्यात गर्न सकेमा देशको अर्थतन्त्र बलियो बन्ने बताएका छन्। नेपालमा उत्पादित पशुआहार पहिलो पटक चीन निर्यात गर्न शनिबार आयोजित कार्यक्रममा उनले कृषि उत्पादन बढाएर बढाएर निर्यात गर्न सकेमा देशको अर्थतन्त्र बलियो बन्ने बताएका हुन्। उनले भने, “कृषि उत्पादन बढाउन सकेमा देशको […]

ठूला अर्थतन्त्र भएका एसियाली देशहरू घट्दो जनसङ्ख्या कारण चिन्तामा

एसियाका ठूला अर्थतन्त्र भएका देशहरू घट्दो जनसङ्ख्याका कारण समस्यामा पर्न थालेका छन् । बढ्दो अर्थतन्त्र र घट्दो जनसङ्ख्याका कारण ठूला अर्थतन्त्र भएका एसियाली देशहरूमा असन्तुलन देखिन थालेको बीबीसीले एक रिपोर्टमा उल्लेख गरेको छ ।जन्मदर बढाउन ठूला अर्थतन्त्र भएका देशका सरकारहरूले अर्बाैँ डलर खर्च गरिरहेका भए पनि जन्मदर बढाउने अभियानमा अपेक्षित नतिजा आउन सकेको छैन । दक्षिण कोरियाले धेरै सन्तान जन्माउन प्रोत्साहन गर्ने कार्यक्रमका लागि गएकाे १६ वर्षमा दुई सय बिलियन अमेरिकी डलर खर्च गरिसकेको विवरण सार्वजनिक गरेको छ । जापानले...

अर्थतन्त्र सुधार्न आयात प्रतिस्थापन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयात प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताएका छन् । बुधबार उद्योग मन्त्रालयमा ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’का बारेमा बोल्दै उद्योगमन्त्री बडूले पछिल्लो समय मुलुक आयातमा निर्भर भएको अवस्थामा उत्पादन र उपभोग बढाउन सकिएन भने देशको अर्थतन्त्र धराशायी हुने चिन्ता व्यक्त गरे ।सरकारले आन्तरिक उत्पादन […]

देशको अर्थतन्त्र सुधार गर्न सकिँदैन : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताउनुभएको छ । बुधबार उद्योग मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममा बोल्दै उद्योगमन्त्री बडूले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय मुलुक आयातमा निर्भर भएको अवस्थाामा उत्पादन र उपभोग बढाउन सकिएन भने देशको अर्थतन्त्र धराशायी हुने […]

‘जनताको क्रयशक्ति बढाउन आवश्यक’

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रय शक्ति बढाउन आवश्यक रहेको बताएकी छन् ।सोमबार काठमाडौंमा यूएनडीपीले आयोजना गरेको मानव विकास प्रतिवेदन सन् २०२१/२०२२ को रिपोर्ट सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन देशको अर्थतन्त्र सबल हुनुपर्ने बताइन् । मन्त्री भुसालले कृषि, पर्यटन […]

जनताको क्रयशक्ति बढाउन आवश्यक छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन आवश्यक रहेको बताएकी छन्।सोमबार काठमाडौंमा युएनडिपीले गरेको मानव विकास प्रतिवेदन सन् २०२१÷२०२२ को रिपोर्ट सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन्। उनले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन देशको अर्थतन्त्र सबल हुनुपर्ने बताइन्।मन्त्री भुसालले कृषि, पर्यटन र ऊर्जाबाट नै देशको सबल अर्थतन्त्र निर्माण गर्न सकिने भन्दै देश विकासका लागि जलस्रोत लगायतका प्र

अर्थतन्त्रमा वनको योगदान बढाउन सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन पैदावारको उत्पादन बढाएर राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउन आवश्यक रहेको बताएकी छन् । राष्ट्रपति निवासमा आइतबार आयोजित सरोकारवालाहरुसँगको छलफलमा उनले स्वदेशी वन पैदावारको उत्पादनमा वृद्धि गरेर अब राष्ट्रिय अर्थतन्त्र वृद्धिमा वन क्षेत्रको योगदान बढाउन आवश्यक रहेकोमा जोड दिइन् ।राष्ट्रपति भण्डारीले सामुदायिक वन व्यवस्थापनको अवस्था, चुनौती र अवसरको विषयमा चासो दिएकी थिइन् […]