एमालेले मात्रै अर्थतन्त्र अघि बढाउन सक्छ : ओली

काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम नेकपा एमालेबाहेकले नसक्ने बताएका छन्। शुक्रवार पार्टीको मध्यपहाडी यात्राअन्तर्गत लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जति वटा पार्टी मिले पनि देश बनाउने काम एमालेबाहेकका राजनीतिक दलले नसक्ने जिकिर गरे।उनले राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकताबद्ध बनाउने, समाजमा आशा, भरोसा, उत्साह र विश्वास ज

सम्बन्धित सामग्री

‘कोभिडले अवरुद्ध व्यापार अघि बढाउन भुमिका खेल्छु’

चिनियाँ नेपाली नियोगका उपप्रमुख वाङसिनले नेपाल र चीनबीचको व्यापार पहिला जस्तै फस्टाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । अरनिको समाज र महालक्ष्मी उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा उपप्रमुख वाङसिनले विस्तारै चीनिया पर्यटक नेपाल भित्रिने र नेपालको अर्थतन्त्र उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘नेपालको आर्थिक विकास गर्न शैक्षिक जनशक्ति तयार गर्न पनि चीन सहयोग गर्न तयार छ,’ उनले भने ।

खस्किएको अर्थतन्त्र पुनर्जीवित गर्ने नीति अँगाल्न अनुरोध

परिसंघका अध्यक्ष विष्णु अग्रवालले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरेका छन्।...

महासंघले अघि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण अभियान सरकारद्वारा अनुमोदन

नेपाल उद्योग वाणिज्य महासंघले सुरू गरेको बढाएको ‘आर्थिक रूपान्तरण २०३०’ अभियान अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सहमत भएको छ । आज आयोजना भएको एक कार्यक्रममा मन्त्रालय र महासंघबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।महासंघले गत वर्ष सार्वजनिक गरेको यो अभियान प्रमुख व्यवस्थालाई समेटी नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिसकेको छ । महासंघको अभियानले आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पुर्याउने, २२ लाख मानिसलाई औपचारिक निजी क्षेत्रमा रोजगारी सिर

अर्थतन्त्र सकसमा, निर्देशन दिँदै प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मंगलबार अपराह्न प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरुको बैठकलाई सम्बोधन गर्दै उनले निर्यात प्रवद्र्धन गर्ने, विद्युत खपत बढाउने लगायतका कामहरु योजना बनाएर अघि बढाउन निर्देशन दिएका हुन् […]

डिजिटल नेपालका लागि २२ अर्ब लगानी

काठमाडौं, बैशाख १९ । डिजिटल अर्थतन्त्र निर्माण तथा ब्रोडब्यान्डको समावेशी पहुँचको लक्ष्यसहित सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्कु कार्यान्वयनका लागि करिब २२ अर्ब रुपैयाँ लगानी गरिने भएको छ । फ्रेमवर्कमा समावेश केही लक्ष्यको कार्यान्वयनका लागि ‘डिजिटल नेपाल एक्सेलरेसनु परियोजनामार्फत उक्त लगानी गर्न लागिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विश्व बैङ्कको सहयोगमा उक्त परियोजना अघि बढाउन […]

डिजिटल नेपालका लागि २२ अर्ब लगानी

डिजिटल अर्थतन्त्र निर्माण तथा ब्रोडब्यान्डको समावेशी पहुँचको लक्ष्यसहित सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क' कार्यान्वयनका लागि करिब २२ अर्ब रुपियाँ लगानी गरिने भएको छ । फ्रेमवर्कमा समावेश केही लक्ष्यको कार्यान्वयनका लागि ‘डिजिटल नेपाल एक्सेलरेसन' परियोजनामार्फत उक्त लगानी गर्न लागिएको हो।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विश्व बैङ्कको सहयोगमा उक्त परियोजना अघि बढाउन लागेको हो। परियोजना कार्यान्वयनका लागि विभिन्न क्षेत्रगत विषयको मस्यौदा तयार गरेर मन्त्रालयले त्यसमा सु

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गरौं : राष्ट्रपति

वैशाख ११, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।             राष्ट्रपति कार्यालयमा आइतवार आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित २ लाख रुपैयाँ राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति भण्डारीले उक्त कुरामा जोड दिनुभएको हो । महत्वपूर्ण राजनीतिक परिवर्तनपछि समुन्नत राष्ट्र बनाउने सङ्कल्प गरिरहँदा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने विषयमा हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ भन्दै उहाँले सामाजिक–आर्थिक समृद्धि हासिल गर्ने महान् अभियानमा अग्रसर हुन कृषिको आधुनिकीकरण एवं त्यसको व्यावसायिकीकरण अपरिहार्य भएको बताउनुभयो ।             कोभिड–१९ को महामारी र भूकम्पले अर्थतन्त्रका आयामहरूमा अवरोध पुर्‍याएको यथार्थ प्रस्तुत गर्दै राष्ट्रपतिले जलसम्पदाको उचित उपयोग गर्दै विद्युत् उत्पादन, सिंचाइको व्यवस्था, पर्यटन प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनबाटै समृद्धिको मार्गमा अघि बढ्न सकिने बताउनुभयो ।      उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण पनि गराउनुभयो । महामारी र भूकम्पले शिथिल तुल्याएको विकासको गतिलाई अघि बढाउन तथा स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा महत्वपूर्ण हुने बताउँदै उहाँले त्यसनिम्ति पर्याप्त लगानी आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।  साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना संस्थापक प्रमुख कार्यकारी हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो । तत्कालीन श्री ५ को सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशनको २५ वर्षको सेवामा रहँदा मल्लले संस्थाको श्रीवृद्धिका निम्ति विशेष योगदान गरेका थिए । रासस

मुलुकको अर्थतन्त्र डरलाग्दो नभएको मुख्य सचिव बैरागीको दावी

काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्दो नभएको दावी गर्नुभएकाे छ । नेपाल चेम्बर कमर्शको ७१ औं वार्षिकोत्सवका अवसरमा आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सक्षम छौं भन्ने विश्वासका साथ काम गर्नुपर्ने पनि बताउनुभयो । यसका लागि […]