युवा संगठन नेपाल कैलालीले आफ्नो नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कैलालीको टीकापुरबाट पक्राउ गरिएका युवा संगठन नेपालका उपाध्यक्ष दिनेश बि.क.,कैलाली जिल्ला सदस्यहरू जयसिहं सुनार र पवन बिष्टलगायतका सम्पूर्ण नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।युवा संगठन नेपालका कैलाली संयोजक पुष्प भट्टले सरकारले आफ्नो संगठनका उपाध्यक्ष लगायतलाई गिरफ्तार गरी झुटो मुद्दा लगाएको बताउँदै अविलम्ब