प्रतिनिधिसभा विघटनविरूद्ध सशक्त प्रदर्शनका लागि तरूण दलको परिपत्र

काठमाडौं । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरूण दलले संसद विघटनविरुद्ध माउ पार्टीद्वारा घोषित विरोध प्रदर्शनलाई थप प्रभावकारी र शशक्त बनाउन मातहतका जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।काँग्रेसले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम सच्याउन पुस २५ गते शनिबार ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रकेन्द्रित विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरेको छ । यस्तै काँग्रेसले घ ३ गते ७ सय ५३ पालिका र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेको छ ।उक्त कार्यक्रमल