काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जायन्ट्सले अङ्क बाँडेका छन् । वर्षाका कारण राेकिएकाे खेल फेरि सुरु हुन नसकेपछि दुवै टाेलीले १/१ अङ्क बाँडेका हुन् ।
यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेकाे लखनउले १९ ओभर २ बलमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएकाे थियाे । नखनउका आयुष बदाेनीले नटआउट ५९ रन बनाए । चेन्नईका माेइन अली, महेश तीक्ष्णा र मथीषा पाथिरानाले २/२ विकेट लिए ।
याे बराबरीसँगै चेन्नई १० खेलमा ११ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । उ...