जेठ १७ काठमाडौ। ट्विटरले नयाँ सर्कल नामक फिचरको परीक्षण गरिरहेको छ। ट्विटरको सर्कल सुविधाले ट्विटर यूजरको परिचय र यूजरका ट्विट कसले हेर्ने र कसलाई नदेखाउने भन्ने निर्णय आफै गर्न सकिने छ । यो इन्स्टाग्रामको क्लोज फ्रेन्ड फिचर जस्तै हुने जनाईएको छ ।
ट्विटरको यो फिचरले तपाईलाई समूह वा सर्कल बनाउने सुविधा दिन्छ । तपाईको ट्वीट तपाईले बनाएको ग्रुपमा वा फ्रेण्ड सर्कलमा मात्र देखिनेछ। यो फिचर्स सबैमा उपलब्ध भने भईसकेको छैन । ट्विटरको यो सुविधा आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ।
१५० जना सम्म व्यक्तिहरू सर्कलमा सामेल गर्न सकिने बताईएको छ । ट्विटरको यो फिचर इन्स्टाग्रामको क्लोज फ्रेन्ड्स फिचरसँग मिल्दोजुल्दो छ। तपाइँ तपाइँका केहि ट्वीटहरूको लागि फलोअरहरू सेट गर्नुपर्नेछ त्यसपछी मात्रै तपाइँका ट्वीटहरू तपाईको सर्कलका फलोअर्स हरुले हेर्न सक्नेछन् ।
ट्वीटरको यो फिचर सबै प्रयोगकर्ताका लागि क्रमशः जारी हुँदैछ । यस फिचरको विशेषता भनेको सर्कलमा भएका व्यक्तिहरूले मात्र ट्वीटको जवाफ दिन वा लाइक वा रि-ट्विट गर्न सक्नेछन् ।
सर्कल सुविधा कसरी प्रयोग गर्ने
सबैभन्दा पहिले आफ्नो ट्विटर एकाउण्ट लगइन गर्नुहोस् । अब प्रोफाइल सेक्सनमा जानुहोस् र कम्पोज ट्वीट विकल्पमा क्लिक गर्नुहोस् । अब तपाईले अडिअन्स बटन देख्नुहुनेछ, जसमा क्लिक गरेपछि तपाईले न्यू सर्कलको विकल्प पाउनुहुनेछ। यसमा क्लिक गरेर तपाईं सर्कल बनाउन र मान्छे थप्न सक्नुहुन्छ । तथा सर्कल पनि सम्पादन गर्न ससकिनेछ ।