नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको पाँचौ संस्करण : कसलाई कुन अवार्ड?

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पाँचौ संस्करण सम्पन्न भएको छ। महोत्सवमा विभिन्न चलचित्रको ७ वटा विधामा उत्कृष्ट १४ वटा पुरस्कार वितरण गरिएको छ। फेस्टिभलमा राष्ट्रिय फिचर फिल्मतर्फ ‘महानगर’ उत्कृष्ट घोषित भएको छ। मोहन राई निर्देशित यस फिल्मले उत्कृष्ट स्क्रिनप्ले ‘पटकथा’ को अवार्डसमेत जितेको छ। त्यसैगरि, अन्तर्राष्ट्रिय फिचरतर्फको प्रतिस्पर्धामा…

सम्बन्धित सामग्री

नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १२ औं संस्करण सम्पन्न

काठमाडौं : नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १२ औं संस्करण सम्पन्न भएको छ। बैशाख १५ गते महेन्द्रनगरबाट सुरु भएको फेस्टिभल काठमाडौंमा समापन गरिएको हो। चलचित्र विकास बोर्डमा डेभिड फ्रेन निर्देशित फिल्म ‘मित्र’ प्रदर्शनसँगै सोमबार फेस्टिभलको समापन गरिएको थियो। युरोपियन युनियनको आयोजनामा भएको यसपटकको फेस्टिभल नेपालका तीनवटा प्रदेशमा भएको थियो। महोत्सवको पहिलो चरण बैशाख १५…

नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण नेपालका तीन सहरमा

काठमाडौँ- नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ। सोमबार काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटमा भएको पत्रकार सम्मेलनमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी गराइन्। जोएलका अनुसार फिल्म महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा यही […]

बैशाखमा ग्रामीण फिल्म फेस्टिभलको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालले आयोजना गर्ने महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली फिल्मलाई गाउँसम्म पुर्‍याउनु रहेको जनाइएको छ । महोत्सव अध्यक्ष रघुनाथ सापकोटाका अनुसार महोत्सवमा मौलिक र ग्रामिण कथावस्तुमा बनेका फिल्म प्रदर्शन हुनेछन् । भाग लिन चाहने फिल्मको लागि दर्ता आह्वान गरिएको जानकारी उनले […]

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव असार ७ देखि

काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण आगामी असार ७ देखि १० गतेसम्म हुने भएको छ । गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले अमेरिकाको मेरिल्याण्डमा फेस्टिभल गर्दैछ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैटौं महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको छ । महोत्सवमा कथानक, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनसहित सबै विधाका फिल्म देखाइने […]

नेफ्टा अवार्डको ११औँ संस्करण घोषणा

काठमाडौं, १९ मंसिर । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले जानकारी दिएको छ । “डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न […]

नेपाल मानवअधिकार फिल्म फेस्टिभलमा १९ नेपाली र ३६ विदेशी फिल्म प्रदर्शन हुने

काठमाडौं । नेपाल मानवअधिकार फिल्म फेस्टिभलको दशौं संस्करण आगामी पुस ३ देखि ६ गतेसम्म आयोजना हुने भएको छ । फेस्टिभलमा १९ नेपाली फिल्म (नौ वटा फिक्सन) र ३६ विदेशी फिल्म प्रदर्शन हुने भएका छन् । आठ मिनेटदेखि डेढ घण्टा लम्बाइका फिल्मसम्म फेस्टिभलमा स्क्रिनिङ हुँदैछन् । नेपाली खण्डको फिक्सनतर्फ दीपक रौनियार निर्देशित र दयाहाङ राईको अभिनय रहेको […]

नेपाल युरोपेली युनियन फिल्म फेस्टिभल कात्तिक ११ देखि

काठमाडौं । नेपाल युरोपेली युनियन फिल्म फेस्टिभलको ११ औं संस्करण काठमाडौं र कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ । काठमाडौंमा कात्तिक ११ देखि १५ गतेसम्म र सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा कात्तिक १९ देखि २२ गतेसम्म फेस्टिभल आयोजना हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेस्टिभलमा १३ युरोपेली र ३ नेपाली फिल्म स्क्रिनिङ गरिने भएको छ […]

नेपाल-अमेरिका फिल्म फेस्टिभल जुन २३ देखि हुने

२ चैत, काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पाँचौं संस्करण आगामी जुन २३ देखि २६ सम्म अमेरिकाको वासिङ्टन डीसीमा हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवमा सहभागिताका लागि आवेदन खुला गरिएको छ । महोत्सवमा नेपाली फिचर […]

फागुनमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ हुने

‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ को १० औं संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ । नेपाल र अफ्रिकाको सांस्कृतिक सम्बन्ध बलियो बनाउने उदेश्यले फेस्टिभल आयोजना हुँदै आएको हो ।फागुन पहिलो साताबाट राजधानीमा आयोजना हुने महोत्सवमा अफ्रिकी मुलुकबाट फिल्म आउने क्रम जारी छ । हालसम्म अफ्रिकाबाट तीन दर्जनभन्दा बढी फिल्म महोत्सवका लागि प्राप्त भइसकेको महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी दिइन् । यसपटक कलेज अफ जर्नालिज्मले महोत्सव विलक्षण क्रिएसनसँगको सहकार्यमा आयोजना गर्न लागेको हो ।

नेपाल युरोपियन युनियन फिल्म महोत्सव ३ नेपाली फिल्म देखाइने

‘नेपाल युरोपियन युनियन फिल्म महोत्सव’को दशौँ संस्करण अगामी १ देखि ९ असोजसम्म आयोजना हुने भएको छ । यो संस्करणमा  विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्म साथै अन्य २४ फिल्महरू प्रदर्शन हुनेछ ।महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली फिल्म समेत समावेश छ । यी मध्ये दुईओटा फिल्म नेपाली भाषामा सबटाइटल गरिएका छन् । यस्तै विनोद पौडेल निर्देशित बुलबुल, धोन्डुप छिरिङ निर्देशित आमा खान्डा तथा सर्जियो बास्सो निर्देशित सरितासमेत समावेश गरिएको छ । गणेश पाण्डे निर