जावलाखेलमा ढकमक्क फूल (फोटो फिचर)

काठमाण्डाै - ढकमक्क फुलेका फूलले कसलाई नलोभ्याउला ? ढकमक्क फुलेका फूलले आँखालाई आनन्द दिन्छ भने मनलाई शान्ति । अहिले ललितपुरको जावलाखेलमा ओहोरदोहोर गर्नेहरु पनि ढकमक्क फुलेका फूल देखेर एकैछिन टक्क अडिएर फूल हेर्छन्, सुम्सुम्याउँछन् र फोटो खिच्छन् । शुक्रवारदेखि सुरु भएको पुष्प प्रदर्शनीले जावलाखेलको खेल मैदानलाई ढकमक्क ढाकेको छ । प्रदर्शनीमा राखिएका फूलले अवलोकनकर्तालाई आकर्षित गरेको छ । अबको चार दिनसम्म जावलाखेलको खेल मैदानमा यस्तै ढकमक्क फुलेका सयपत्री, गोदावरीलगायत फूल हेर्न र किन्न पाइन्छ ।  तिहार नजिक...