बाँध बनेपछि खोलाको बगरमा बन्ने भयो खेत

उदयपुर : ‘०५२ र ०७२ सालमा त्रियुगा नदीले लुहाले खोला छेक्दा सयौँ बिघा खेतीयोग्‍य जमिन बगरमा परिणत भयो, त्रियुगा नगरपालिका २ की विन्दा चौधरीले भनिन्, ‘बाँध निर्माण भएको छ, अबका दिनमा बगरमा परिणत भएको मेरो तीन बिघा खोलामा खेत बन्ने भयो।’ त्रियुगा नगरपालिका-२ मा रहेको लुहाले खोलामा बाँध...

सम्बन्धित सामग्री

दुई जिल्ला जोड्न मोटर गुड्ने पुल बनेपछि स्थानीयलाई सहज

ढोरपाटन (बागलुङ), १९ चैत । दरमखोलामा दुई जिल्ला जोड्ने मोटरेबल पुल निर्माण गरिएको छ । बागलुङको गलकोट नगरपालिका–११ तल्लो रिघा र गुल्मीको मुसिकोट नगरपालिका–९ जौँ खेत जोड्ने गरी मोटर चल्ने पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । तम्घास–सिमलटारी सडक आयोजना कार्यालय गुल्मीमार्फत निर्माण भएको उक्त पुलले स्थानीयको दैनिकी नै बदलिदिएको छ । सङ्घीय […]

बाढीले २५ रोपनी खेत बगायो, गावैँ उच्च जोखिममा

बैतडी : वर्षाका कारणले बैतडीको सिगास गाउँपालिका-७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रोपनी खेत बगाएको छ। बाढीले स्थानीय जस्बीर साउद, चक्रसिंह साउद, बिरुवा साउदको करिब २५ रोपनी खेत बगाएको स्थानीय बताएका हुन्।स्थानीय भीमबहादुर चन्दका अनुसार २५ रोपनी खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ। काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान चिन्तामा परेका छन्।यस्तै सिगास गाउँपालिका-५ ढुंगाड क्षेत्र बाढीको उच्च जोखिममा परेको छ। लगातारको वर्षाले सेती नदीमा पानीको बहाव उच्च बनेपछि बस्तीमा

तुरिया खोलाको बाँध फुट्दा सयौँ बिघा खेत डुबानमा

भैरहवा – रुपन्देहीको तुरिया खोलाको बाध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा परेको छ । केही दिनदेखि परेको पानीका कारण पानीको सतह बढेपछि रोहिणी गाउँपालिका-५ को तुरिया बाँध फुटेको हो । बाँध बनेपछि हौसिएका किसानहरु धान खेती गरेका थिए ।  असार महिनामा निर्माण गरिएको बाँध एक महिना नबित्दै भत्केपछि उनीहरू अहिले निराश भएका छन् । […]

मेयर र सिडियो ‘रोपार’ बनेपछि…

बागलुङ, १६असार । ओखलढुङ्गा फाँटको खेत रोपाइँका लागि ठिक्क थियो । बाउसेले मेलो सम्याइसकेका थिए । पहिले प्रमुख जिल्ला अधिकारी रमेश ढकाल खेतमा गए । रोपार उनको पछिपछि लागे । खेतछेउ पुगेर सबै टक्क रोकिए । एकछिन खासखुस चल्यो । प्रजिअबाटै रोपाइँ सुरु गर्ने निधोमा सबै पुगे । बीउ हातमा लिएर प्रजिअ ढकालले छुपुछुप धान […]

मेयर र सिडियो ‘रोपार’ बनेपछि...

ओखलढुङ्गा फाँटको खेत रोपाइँका लागि ठिक्क थियो । बाउसेले मेलो सम्याइसकेका थिए । पहिले प्रमुख जिल्ला अधिकारी रमेश ढकाल खेतमा छिरे । रोपार उनको पछिपछि लागे । खेतछेउ पुगेर सबै टक्क रोकिए । एकछिन खासखुस चल्यो ।प्रजिअबाटै रोपाइँ सुरु गर्ने निधोमा सबै पुगे । बीउ हातमा लिएर  प्रजिअ ढकालले छुपुछुप धान रोप्न थाले । सँगै गएका रोपारले पनि लाइमेली गरे । केही छिनमै बागलुङ नगरका प्रमुख वसन्तकुमार श्रेष्ठ पनि खेतमा पुगे ।बीचमा अरु पनि थपिदैँ गए । हेर्दाहेर्दै रोपारले खेत ढाकिए झैँ भयो । कोही साँच्चिकै रोपा

मेलम्ची बाढीको एक वर्ष : ओभाएनन् पीडितका आँखा

गत वर्षको बाढीले घरखेत बगाएर बेसहारा बनेका हेलम्बु–२ गणेशेबगरका गोरी तामाङको आँखा अझै ओभाएका छैनन् । बाढीले उनको घर बगाएर लग्यो भने भएको थोरै खेत पनि बगर बनेपछि उनको परिवार सुकुम्बासी बनेको छ ।

कटान पीडितलाई गाँसबासकै समस्या

जिल्लाको राजापुर नगरपालिका–३ टिहुनीका मोतीराम चौधरीको दुई बिघा खेत कर्णालीले कटान गरेर बगरमा परिणत भएको ९ वर्ष बित्यो । खेत नदी बनेपछि गाँस, बास र कपासको समस्याले परिवारै मजदुरी गर्न बाध्य छ । गत वर्ष कात्तिक २ गते आएको बाढीले झन् समस्यामा पार्‍यो । डुबानले अँधिया लगाएको धानमा क्षति पुग्यो । वर्षभरिको खाना गुम्यो । आम्दानी गुमेपछि जीविकोपार्जनमा समस्या परेको उनले बताए ।

पुल बनेपछि एक घण्टाको बाटो दुई मिनेटमा छोटियो

म्याग्दी । म्याग्दी र बागलुङको सिमाना भएर बग्ने ढोडेनी खोलामा पुल नहुँदा वर्षौंसम्म सास्ती खेप्न बाध्य दुवै जिल्लाका दर्जनौं गाउँका बासिन्दाको अब भने आवतजावतमा सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामाथि झोलुङ्गे पुल बनेपछि दुवै जिल्लाका बासिन्दा एक घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमै पुग्न सक्ने भएका हुन् । बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको सिमानामा बग्ने ढाडेनी खोलामाथि सस्पेन्शन ब्रिड डिभिजन कार्यालय ललितपुरले झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत १ करोड ३९ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो । पुल लम्बाइ २ सय ६० मिटर र उचाइ ८५ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले जानकारी दिए । पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पन्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डे लगायत गाउँका सयौं मानिस लाभान्वित भएको स्थानीय युवा भीमबहादुर घिमिरेले बताए । साथै बागलुङको पन्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत÷जग्गा बागलुङमा डेढ–दुई घण्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । पुल निर्माणपछि कृषकलाई मात्रै होइन विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउन बाध्य चनौटेका विद्यार्थी अव घरबाट निस्केको १५ मिनेटमौ विद्यालय पुग्ने स्थानीय अशोक घिमिरेले जानकारी दिए । गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भइ हाल फापरखेतमा बस्दै आएका प्रवेश कुँवरले बताए । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउन दैनिक २० भन्दा बढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीय शिव घिमिरेको भनाइ छ ।

जोखिम एकातिर, तटबन्ध अर्कोतिर

झिमरुक खोलामा पाँच वर्षअघि आएको बाढीले प्यूठान नगरपालिका–१० स्थित बडराका भुवन पण्डितको १२ मुरी फल्ने धान खेत बगायो । उनको खेत अहिले बगर बनेको छ । ‘धान फल्ने खेतमा ढुंगा र गिट्टी छन्,’ उनले भने, ‘खोला पसेर बगर बनेपछि उत्पादनको आसै हरायो ।’

रोपाइँ सकिएको खेत बाढीले बनाइदियो बगर

तनहुँ : अविरल वर्षाले गर्दा आएको बाढीपहिरोले खेतीयोग्य जमिन बगर बनेको छ। वर्षाले गर्दा साना–ठूला नदी तथा खोलाहरुमा आएको बाढीपहिरोले धान रोपिसकेको खेत नै बगर बनाइदिएको होर  कोभिड–१९ को महामारीबाट बल्लतल्ल तङ्ग्रिन लागेको बेलामा धान रोपिसकेको खेतमा बाढी पसेर बगर बनेपछि किसानहरु मारमा परेका छन्। कोभ...