ओखलढुङ्गा फाँटको खेत रोपाइँका लागि ठिक्क थियो । बाउसेले मेलो सम्याइसकेका थिए । पहिले प्रमुख जिल्ला अधिकारी रमेश ढकाल खेतमा छिरे । रोपार उनको पछिपछि लागे । खेतछेउ पुगेर सबै टक्क रोकिए । एकछिन खासखुस चल्यो ।प्रजिअबाटै रोपाइँ सुरु गर्ने निधोमा सबै पुगे । बीउ हातमा लिएर प्रजिअ ढकालले छुपुछुप धान रोप्न थाले । सँगै गएका रोपारले पनि लाइमेली गरे । केही छिनमै बागलुङ नगरका प्रमुख वसन्तकुमार श्रेष्ठ पनि खेतमा पुगे ।बीचमा अरु पनि थपिदैँ गए । हेर्दाहेर्दै रोपारले खेत ढाकिए झैँ भयो । कोही साँच्चिकै रोपा