लगातारको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले विद्युत् सेवा अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । एक हप्तादेखि जिल्ला अस्पताल बझाङमा विद्युत् आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो । वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा विद्युत्का पोल बगाएपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको थियो ।