पर्वत : गण्डकी प्रदेशका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा झण्डै सात घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको छ।नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीका अनुसार १३२ के.भि. मादी–पोखरा प्रसारण लाइन अवरुद्ध हुँदा बिहीबार बिहान साढे पाँच बजेदेखि चार जिल्लामा विद्युत् अवरुद्ध भएको हो। पर्वतको मोदी गाउँपालिकादेखि पोखरामा जडान भएको लाइनमा समस्या आएको भए पनि कहाँनेर के समस्या आयो भन्ने पत्ता नलागेको गोशलीले बताए।‘पोखरादेखि मोदीसम्मको लाइनम