अवरुद्ध विद्युत् सेवा शुरू

रौतहत । शुक्रवार साँझ आएको हावाहुरीका कारण अवरुद्ध रौतहटको बौद्धीमाई नगरपालिकाको विद्युत् सेवा सुचारु भएको छ । स्थानीयको सहयोगमा विद्युत् उपकरण मर्मत गरेपछि ३ दिनपछि विद्युत सेवा पुनः सञ्चालनमा आएको विद्युत् प्राधिकरण मौलापुर सबस्टेशनले जानकारी दिएको छ । शुक्रवार साँझ आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा बिजुलीका पोल र तारमा क्षति पुर्याएका कारण विद्युत् सेवा अवरुद्ध भएको थियो । विद्युत् अवरुद्ध हुँदा यहाँका एफएम रेडियो, अनलाइन, कुटानीपिसानी मिल, व्यापारिक प्रतिष्ठान, अस्पताललगायतको सेवा प्रभावित भएको थियो । विद्युत् अवरुद्ध हुँदा गर्मी छल्न समेत समस्या भएको बौद्धीमाई नगरपालिका–९ का ब्रीजभूषण मिश्राले गुनासो गरे । बिजुली अभावमा पंखा नचल्दा साना बालबालिकाले कष्ट भोग्नुपरेको थियो,’ उनले भने, ‘उखरमाउलो गर्मी सहन नसकेका बालबालिकालाई रात बिताउनै हम्मेहम्मे पर्‍यो ।’ बिजुलीमै निर्भर परिवारले खानपिन तथा नुहाउन पानीको समस्या झेल्नु परेको उनको भनाइ थियो । बौद्धीमाई नगरपालिका–८ का रोहित साहले विद्युत् नहुँदा लाखौं रुपैयाँको नोक्सान बेहोर्नुपरेको बताए । ‘यहाँका पेट्रोल पम्प, मिठाई पसल, फ्रिजलगायतमा विद्युत् अभावले धेरै समस्या देखिएको थियो,’ उनले भने । विद्युत् सेवा सुचारुसँगै मोबाइल र इन्टरनेट सेवा समेत सञ्चालन भएकाले काममा सहज भएको स्थानीयको भनाइ छ । रासस

सम्बन्धित सामग्री

आठ घण्टापछि अवरुद्ध विद्युत् सेवा सञ्चालनमा

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा अवरुद्ध भएको विद्युत् सेवा आठ घण्टापछि सञ्चालन भएको छ।...

बैतडीमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध

काठमाडौँ,७ मँसिर । बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह विष्टले बताउनुभयो । विद्युतका कारण सञ्चारका उपकरण नचल्दा निर्वाचनको मतपरिणाम सुन्न उत्सुक व्यक्ति पनि विञ्चित भएका […]

बैतडीमा एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध

बैतडीको दोगडाकेदार गाउँपालिकामा एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । एक हप्तासम्म पनि विद्युत् सेवा सञ्चालन नहुँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको लापरबाहीका कारण समयमै विद्युत् सेवा सञ्चालन नभएको उपभोक्ताको गुनासो छ । विद्युत् अवरुद्ध भएको सात दिन बितिसक्दा पनि प्राधिकरणको ध्यान नगएकाले अन्धाकारमा बस्न बाध्य स्थानीय जनक सिंह ठगुन्‍नाले बताए ।विद्युत् नहुँदा मोबाइल चार्ज, मिल सञ्चालन गर्न सकिएको छैन । यता विद्युत् प्राधि

एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध

बैतडीको दोगडाकेदार गाउँपालिकामा एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । एक हप्तासम्म पनि विद्युत् सेवा सञ्चालन नहुँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको लापरबाहीका कारण समयमै विद्युत् सेवा सञ्चालन नभएको उपभोक्ताको गुनासो छ । विद्युत् अवरुद्ध भएको सात दिन बितिसक्दा पनि प्राधिकरणको ध्यान नगएकाले अन्धाकारमा बस्न …

बैतडीको विद्युत् सेवा चार दिनका लागि अवरुद्ध

काठमाडौँ,६ असार । बैतडीको विद्युत् सेवा चार दिनका लागि बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । विद्युत् सवस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध भएको छ । उनले भने […]

शुक्रबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध

डोटी– शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ ।  बुडर इलाका प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो आएको हावाहुरी तथा वर्षात्का कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र हगुल्टेमा विद्युत् खम्बा ढलेका कारण बुडर, गैरा, गोगनपानी, खडिना, रुपसकाडा, गोल्डेललगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो । अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा […]

डोटीमा फोन र विद्युत् सेवा अवरुद्ध

दुई दिनदेखिको लगातारको वर्षातका कारण जिल्लामा फोन तथा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लामा वितरण गरिएको ३३ केभिए प्रसारण लाइनमा रूख परेका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ ।विद्युत् सेवा अवरुद्ध भएसँगै सञ्चारका साधन पनि अवरुद्ध भएका छन् । एनसेल सिमकार्ड भने सञ्चालनमा छ । विद्युत् नभएका […]

डोटीमा आइतबारदेखि विद्युत् सेवा अवरुद्ध

लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढीमा आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ । घण्टौंसम्म विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक मारमा परेका छन् । आइतबार राति साढे १२ बजेदेखि जिल्ला सदरमुकामको विद्युत् सेवा अवरुद्ध भएको हो । दिपायल सिलगढी नगरपालिका–५ बागठाटादेखि जिल्ला सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिरको बीचमा पर्ने लाइनमा खराबी आएपछि यहाँको विद्युत् लाइन अवरुद्ध भएको डोटी साना जल विद्युत् वितरण कार्यालय दिपायलले जनाएको छ । अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनका लाग

आइतबारदेखि विद्युत् सेवा अवरुद्ध

लगातारको वर्षाका कारण डोटी सदरमुकाम सिलगढीमा आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ । घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक मारमा परेका छन् । आइतबार राति साढे १२ बजेदेखि जिल्ला सदरमुकामको विद्युत् सेवा अवरुद्ध भएको हो । दिपायल सिलगढी नगरपालिका–५ बागठाटादेखि जिल्ला सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिरको बीचमा पर्ने लाइनमा खराबी आएपछि यहाँको विद्युत् लाइन अवरुद्ध भएको डोटी साना जल विद्युत् वितरण कार्यालय दिपायलले जनाएको छ ।     अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनका लागि कर्मचारी खट...

विद्युत् सेवा अवरुद्ध : सेवाग्राही समस्यामा

बैतडी जिल्लाभरि आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ । विद्युत् सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।जिल्लाभरि सबै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । विद्युत् प्रसारण लाइनमा समस्या आएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधव लेखकले जानकारी दिए ।“प्रसारण लाइनमा फल्ट देखाएको र कुन ठाउँमा फल्ट रहेको छ भन्ने थाहा हुन सकेको छैन”, उनले भने, “अवरुद्ध विद्युत् सेवा