भोजपुर : भोजपुरमा ३३ केभिए केन्द्रीय प्रसारण लाइन विद्युत् अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ। बिनासूचना पटक पटक विद्युत् अवरोध भइरहँदा उपभोक्ता आक्रोशित भएका छन्। विद्युत् अवरुद्ध भएपछि सदरमुकाम तथा स्थानीय तहका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, इलेक्ट्रोनिक पसल, कलकारखाना रेडियो स्टेसनलगायत प्रत्यक्ष मारमा परेका छन्।झ्याप्प आउने फेरि तत्कालै विद्युत् अवरोध भइदिने समस्याले विद्युतीय उपकरणमा समेत क्षति हुने गरेको सेवाग्राहीको भनाइ छ। दिनमा दुई दर्जन बढी समय विद्युतमा अ