व्यवसायीको सुरक्षा गर्न माग

सुनचाँदी व्यवसायी प्रदिप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोली हानी हत्या भएका भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।लहान स्थित अमिता ज्वेलर्सका सञ्चालक विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको महासंघले जनाएको छ । यो घटनाले मुलुकभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाएको भन्दै व्यवसायीहरुले आफूहरुको सुरक्षाको प्रत्याभूति गर्न […]

सम्बन्धित सामग्री

सुरक्षा माग गर्दै बर्दिवासका व्यवसायीको प्रदर्शन

चोरीका घटना बढेपछि महोत्तरीको बर्दिवास बजारमा व्यवसाय सुरक्षित नभएको भन्दै व्यवसायीहरूले विरोध र्‍याली निकालेका छन् । बर्दिवास १४ स्थित औरही रोडमा रहेका दुईवटा सुनचाँदी पसलमा एकै दिन चोरी भएपछि व्यवसाय सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको सुनचाँदी व्यवसयी संघ महोत्तरीका महासचिव विनोद भण्डारीले बताए ।

जलविद्युत आयोजनामा सुरक्षा दिन व्यवसायीको माग

स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाल (इप्पान)ले जलविद्युत आयोजना निर्माणको लागि सुरक्षाको माग गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले फागुन १५ गते सिन्धुपाल्चोकको जुगल पालिकामा निर्माण हुन लागेको सीता हाइड्रोपावर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीय एक समूहले गरेको तोडफोड तथा आगजनी र कर्मचारीमाथिको सांघातिक आक्रमणको निन्दा गरेको छ । इप्पानले जलविद्युत आयोजनामा स्थानीयको […]

आक्रमण बढेपछि सुनचाँदी व्यवसायीले मागे सुरक्षा

काठमाडौं। पछिल्लो समय सुनचाँदी व्यवसायीमाथि आक्रमण हुने क्रम बढेको छ। करिब एक महिनाअघि सिराहाका व्यवसायीको हत्यापछि लुटपाट भएको थियो। उक्त घटना सेलाउन नपाउँदै महोत्तरीमा अर्का व्यवसायीमाथि हमला भएको छ। महोत्तरीको राजीव ज्वेलर्सका सञ्चालक वीरेन्द्र साहलाई आक्रमण गरेर अज्ञात समूहले लुटपाट गरेपछि सुनचाँदी व्यवसायी महासंघले व्यवसायीको सुरक्षाको माग गरेको छ।

आक्रमण बढेपछि सुनचाँदी व्यवसायीले मागे सुरक्षा

काठमाडौं। पछिल्लो समय सुनचाँदी व्यवसायीमाथि आक्रमण हुने क्रम बढेको छ। करिब एक महिनाअघि सिराहाका व्यवसायीको हत्यापछि लुटपाट भएको थियो। उक्त घटना सेलाउन नपाउँदै महोत्तरीमा अर्का व्यवसायीमाथि हमला भएको छ। महोत्तरीको राजीव ज्वेलर्सका सञ्चालक वीरेन्द्र साहलाई आक्रमण गरेर अज्ञात समूहले लुटपाट गरेपछि सुनचाँदी व्यवसायी महासंघले व्यवसायीको सुरक्षाको माग गरेको छ।

बजेटबारे विराटनगरका उद्योगी व्यवसायीको प्रतिक्रिया

जेठ १६, विराटनगर ।निजी क्षेत्रका व्यक्तित्वहरुले आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार सार्वजनिक गरेको बजेटबारे प्रतिक्रिया दिंदै विराटनगरका उद्योगी व्यवसायीहरुले बजेट सकारात्मक भए पनि कार्यान्वयनमा भने चुनौती रहेको भन्दै मिश्रित प्रतिक्रिया दिएका छन् । सुयसराज प्याकुरेल, उद्योग संगठन मोरङ अध्यक्ष    स्रोतको विश्वास नियतमा प्रश्न उठाउने ठाउँ छ । १६ खर्ब रुपैयाँको बजेटमा १० खर्ब  रुपैयाँ राजस्वबाट उठ्ने र ६ प्रतिशत आर्थिक वृद्धि हुने कुरामा अलिक तालमेल मिल्दैन । कच्चा पदार्थ र फिनिस गुडमा लाग्ने करमा दुई तहको फरक हुनु पर्छ भन्ने हाम्रो मागलाई एक तहको फरक पर्ने व्यवस्था भएको छ त्यो स्वागत योग्य छ । कोभिडको कारण भएको लकडाउनको अवधिको विद्युत् डिमाण्ड शुल्क मिनाहा, सामाजिक सुरक्षा कर लागू भएको उद्योगहरुको सरकार आफैंले बन्दको अवधिको व्यहोर्ने माग अनुसारको सम्बोधन भएको छ त्यो राम्रो पक्ष हो । डिजेलमा भ्याट रिफन्ड दिने ब्यवस्था पनि राम्रो छ । यो अगाडी नै कार्यान्वयन हुनुपथ्र्यो तर ढिलै भएपनि सम्बोधन भयो । व्यवसायको स्टार्टअपको लागि २५ लाख रुपैयाँ विनाधितो ऋण दिने र ५ प्रतिशत ब्याजमा नै दिने र कर छूट हुने व्यवस्थाले नयाँ उद्यमी व्यवसायीहरु थपिने संभावना छ यो सरकारले ल्याएको नीति स्वागत योग्य छ । स्वास्थ्य केन्द्रित बजेट भएकाले विकासमा सबै क्षेत्र समेटिन सकेको छैन । सुनसरीको अमडुवाको औद्योगिक क्षेत्रको विकासको अध्ययन गर्ने भनेर चार पटक बजेट बिनियोजन भइसक्यो त्यो कार्यान्वयन हुन सकेको छैन । त्यस्तै विराटनगर विमानस्थलको विस्तारमा बजेट मौन छ । टर्मिनल निर्माणमा मात्र बजेट परेको छ । स्वदेशी उत्पादन प्रर्वदनका लागि आएको कार्यक्रम राम्रो छ ।    प्रकाश मुन्दडा, अध्यक्ष, मोरङ व्यापार संघ  बजेट राम्रो आएको छ । हामीहरुले उठाउदै आएका मागहरु पनि सम्बोधन भएका छन । डिजेलमा लाग्दै आएको भ्याट रिफन्ड हुने भएको छ। त्यस्तै अमडुवामा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको अध्ययनका लागि बजेट छुट्टिएको छ । त्यसै गरि विराटनगरमा प्रदेश स्तरको प्रर्दशनी स्थल निर्माणका लागि पनि बजेट आएको छ । त्यो स्वागत योग्य छ । औद्योगिक व्यवसायको क्षेत्रमा बजेटले यो पटक निकै राम्रोसंग समेट्न खोजेको छ । स्टार्टअप विजनेशलाई प्रोत्साहन गरिउको छ । इन्टरटेन्टमेन्ट उद्योगको नविकरण र आयकर छुटको ब्यवस्था राम्रो छ । कुल गार्हस्थ उत्पादन ६ प्रतिशतभन्दा माथि जाने लक्ष्य चुनौति पूर्ण छ । यदि दुई महीना भित्रमा आधाभन्दा बढी जनसंख्यालाई खोप लगाउन सकियो भने जीडीपीको लक्ष्य भेट्टाउन मुस्किल हुदैन ।

पर्यटन क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न पोखराका व्यवसायीको माग

वैशाख २५, पोखरा । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा परिषद् आबद्ध संघसंस्थाका प्रतिनिधिले सो माग गरेका हुन् ।             पहिलो चरणको कोरोनापश्चात् सुरक्षा सतर्कतासहित आन्तरिक पर्यटकको चलपहलले गति लिंदै गर्दा देखिएको न्यू भेरियन्टको कोरोनाले पर्यटन क्षेत्रलाई नराम्ररी असर गरेको र व्यवसाय धराशायी भएको बताउँदै पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन् ।             परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले प्रत्यक्ष प्रभावमा परेको पर्यटन क्षेत्रलाई पछिल्लो समयको भेरियन्टले झनै प्रभावित पारेको जनाउँदै व्यवसायीलाई राहत दिन राज्य संवेदनशील हुनुपर्ने बताए। उनले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरेर व्यवसायीलाई पलायन हुनबाट जोगाउने जिम्मा राज्यको भएको बताए।             पर्यटन क्षेत्रलाई जोगाउन यस क्षेत्रका व्यवसायी र पर्यटन मजूदरलाई प्राथमिकताका साथ खोप उपलब्ध गराएर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने र आगामी बजेटमा पर्यटन क्षेत्रलाई रुग्ण उद्योगका रुपमा घोषणा गरेर विशेष राहत प्याकेज ल्याउनुपर्ने उनको भनाइ छ ।             परिषद्का महासचिव रामचन्द्र शर्माले वर्तमान अवस्थाबाट व्यवसायीले के कस्ता कठिनाइ र समस्या भोगेका छन्, संस्थागत रुपबाट ती समस्या समाधानका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर भर्चुअल कार्यक्रममार्फत सुझाव संलन गरिएको जानकारी दिए। उनका अनुसार छलफल कार्यक्रममा अधिकांश व्यवसायीले व्यवसायबाट पलायन हुने अवस्था सृजना भएको र बैकिङ साँवाब्याजले मानसिक दबाब बढेको, राज्यले मौद्रिक नीति कार्यान्वयन नभएको विषयमा धारणा राखेका थिए ।             परिषद्ले पहिला स्वास्थ्य सुरक्षामा जोड दिंदै अप्ठ्यारो अवस्थामा परेका पर्यटकलाई रेस्क्यु सेन्टर खडा गरेर उद्धारको पहल गर्ने, आगामी बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि विशेष पहल गर्ने निर्णय गरेको शर्माले जानकारी दिए। व्यवसायीका अुनसार हाल पोखरामा ७०० ओटा पर्यटकीय होटेलसहित पर्यटकीय क्षेत्रमा खर्बौंको लगानी रहेको छ भने दैनिक करोडभन्दा बढी घाटा यस क्षेत्रले भोगिरहेको छ । रासस

सुरक्षाको प्रत्याभूति दिलाउन उद्योगी व्यवसायीको माग

उद्योगी व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति दिलाउन रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग माग गरेका छन् । उनीहरुले पछिल्लो समय चोरी डकैतीका घटना बढेकाले सुरक्षा प्रदान गर्न माग गरेका हुन् ।

व्यवसायीले मागे सुरक्षा ग्यारेन्टी

बुटवल: उद्योगी व्यवसायीको सुरक्षा ग्यारेन्टी गर्न सरकारसँग माग गरिएको छ । दिनदहाडै व्यवसायी ताकेर गोली हानिँदासमेत सरकार चुप लागेर बसेको