सुरक्षा माग गर्दै बर्दिवासका व्यवसायीको प्रदर्शन

चोरीका घटना बढेपछि महोत्तरीको बर्दिवास बजारमा व्यवसाय सुरक्षित नभएको भन्दै व्यवसायीहरूले विरोध र्‍याली निकालेका छन् । बर्दिवास १४ स्थित औरही रोडमा रहेका दुईवटा सुनचाँदी पसलमा एकै दिन चोरी भएपछि व्यवसाय सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको सुनचाँदी व्यवसयी संघ महोत्तरीका महासचिव विनोद भण्डारीले बताए ।