ललितपुर र धनगढीले बराबरी खेल्यो, काठमाडौंले पोखराको सामना गर्दै

नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले धनगढी एफसीसँग बराबरी खेलेको छ । बिहीबार सम्पन्न एक मात्र खेलमा दुई टोलिले १–१ को बराबरी खेलेको हो । दशरथ रङशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो । दोस्रो हाफमा विदेशी खेलाडी ओलवाले अफिजले ७२ औं मिनेटमा गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाउनुभयो । तर उक्त अग्रता लामो समय टिक्न सकेन । ललितपुरका रञ्जन विष्टले ७९ औं मिनेटमा गोल फर्काउँदै ललितपुरले खेल १–१ को स्थितिमा ल्यायो । अन्तिम समयसम्म दुबै टोलिले कुनै गोल थप्न नसक्दा खेल १–१ को बराबरीमा टुंगिएको हो ।

सम्बन्धित सामग्री

मधेश प्रदेशलाई पराजित गर्दै कोसी फाइनलमा

काठमाडौं- ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा कोसी प्रदेश फाइनल प्रवेश गरेको छ। मंगलबार टियू मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा कोसीले मधेश प्रदेशलाई ६२ रनले पराजित गर्दै तेस्रो संस्करणमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो। अब उपाधिका लागि कोसीले बिहीबार विभागिय टिम एपिएफको सामना गर्ने छ। कोसीले ४ मध्ये तीन खेलमा जित निकाल्दै […]

ए डिभिजन लिगको खेल तालिका सार्वजनिक, ९१ खेल हुने

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी ४ महिनासम्म चल्ने सहिद स्मारक ए डिभिजन लिगको तालिका सार्वजनिक गरेको छ । एन्फाले शुक्रबार आफ्नो मुख्यालयमा पत्रकार सम्मलेन गरेर २९ कात्तिकबाट १४ फागुनसम्म चल्ने ‘सिंगल राउण्ड रोबिन लिग’को तालिका सार्वजनिक गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर डर्बी हुनेछ । फ्रेण्ड्स क्लबले सातदोबाटो युथ क्लबको सामना […]

इपिएलको खेल–तालिका सार्वजनिक : साबिक विजेता ललितपुरले  काठमाडौंको सामना गर्ने

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को खेल–तालिका सार्वजनिक भएको छ । आयोजक इपिएलले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार ९ असोजमा साबिक विजेता ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्स इलाभेनको सामना गर्नेछ ।नेपालकै चर्चित फ्रेन्चाइज टी–२० लिग...

‘जलवायु परिवर्तनको असर सामना गर्न कठिन’

नेपाल समाचारपत्र, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाई हुँदै गएको बताउनुभएको छ । औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको भन्दै उहाँले नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताउनुभयो । निजामती कर्मचारी दिवसको सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी पार्कमा सोमबार वृक्षरोपण गरेपछि मन्त्री […]

जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ: ऊर्जा मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाई हुँदै गएको बताउनुभएको छ । औद्योगिक मूलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको भन्दै उहाँले नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताउनुभयो । निजामति कर्मचारी दिवसको सन्दर्भमा ललितपुर महानगर पालिका वडा नं २ स्थित इन्द्रायणी पार्कमा आज वृक्षारोपण […]

जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताएका छन् । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उनले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताए ।मन्त्री भुसालले भनिन्, “विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको छ, नखाएको विष लाग्ने अवस्

पोखराले ललितपुरको सामना गर्दै

नेपाल सुपर लिगको आज हुने एक मात्र खेलमा पोखरा थन्डर्सले ललितपुर सिटी एफसीको सामना गर्दैछ । अङ्कतालिकामा चौथो स्थानमा रहेको पोखराले छैठौं स्थानको ललितपुरको सामना गर्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा साँझ साढे पाँच बजेपछि उक्त खेल हुनेछ । पोखराले आजको खेल जिते अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिने सम्भाबना छ । ललितपुर भने पोखरालाई हराए तेस्रो स्थानमा उक्लिन सक्नेछ । शीर्ष स्थानको धनगढीको सात अङ्क छ । दोस्रो स्थानको लुम्बिनिको छ तथा बिराटनगरको पाँच अङ्क छ ।

विराटनगरले धनगढीको र पोखराले बुटवलको सामना गर्दै

नेपाल सुपर लिग फुटबल फ्रेञ्चाइजमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसीको सामना गर्दैछ । दोस्रो खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीसँग भिड्नेछ । पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रङशालामा अपरान्ह दुई बजेटर ३० मिनेटपछि हुनेछ । दोस्रो खेल साँझ साढे पाँच बजेबाट हुनेछ । यसअघि शनिबारदेखि प्रतियोगिताको सुरु भएकोमा पहिलो खेलमा काठमाडौंले ललितपुर सिटी एफसीको सामना गरेको थियो । ललितपुर काठमाडौंबाट १–० को हार बेहोरेको थियो ।

ललितपुर मेयर महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

नेपाल क्रिकेट संघले ललितपुर मेयर महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । पाँच टोली सहभागी मेयर कपको उद्घाटन खेलमा प्रदेश १ ले सशस्त्र प्रहरी बल(एपीएफ)सँग स्पर्धा गर्नेछ । प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुनेछ । यसअघि काठमाडौं मेयर कप पुरुष च्याम्पियनशीप ५० ओभरको भएपनि ललितपुर मेयर कप च्याम्पियनसिप टी ट्वान्टी हुने नेपाल क्रिकेट संघले जनाएको छ । चैत्त २१ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल चैत्त २८ गते हुनेछ । पहिलो दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स ११ को सामना गर्नेछ । चैत्त २२ गते हुने तेस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशको सामना गर्दा चौथो खेलमा ललितपुर मेयर्स ११ ले लुम्बिनि प्रदेशसँग स्पर्धा गर्नेछ ।