नेपाल सुपर लिगको आज हुने एक मात्र खेलमा पोखरा थन्डर्सले ललितपुर सिटी एफसीको सामना गर्दैछ । अङ्कतालिकामा चौथो स्थानमा रहेको पोखराले छैठौं स्थानको ललितपुरको सामना गर्न लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा साँझ साढे पाँच बजेपछि उक्त खेल हुनेछ । पोखराले आजको खेल जिते अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिने सम्भाबना छ । ललितपुर भने पोखरालाई हराए तेस्रो स्थानमा उक्लिन सक्नेछ । शीर्ष स्थानको धनगढीको सात अङ्क छ । दोस्रो स्थानको लुम्बिनिको छ तथा बिराटनगरको पाँच अङ्क छ ।