४ सीट माग्दा शेखर-गगनले पाएनन् देउवाबाट सकारात्मक जवाफ, कार्यसम्पादन बैठकअघि बेग्लै छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले आफूनिकट नेताहरुसँग छलफल गरेका छन् । पार्टीले राष्ट्रियसभामा पठाउने उम्मेदवारको विषयमा छलफल भएको सहमहामन्त्री जीवन परियारले बताए । उनले भने, ‘हामीले सामान्य छलफल गरेका हौं । उहाँहरूले सभापतिसँग भएको छलफलको कुरा ब्रिफिङ गराउनुभयो ।’ गठबन्धनबाट १९ मध्ये […]

सम्बन्धित सामग्री

दुग्ध किसानले पाएनन् भुक्तानी

आफूले पाउनुपर्ने भुक्तानी समयमै नपाएपछि दुग्ध किसानहरू पुनः आन्दोलित हुने भएका छन् । आफूले बिक्री गरेको दूधको बक्यौता रकम तत्काल पाउनुपर्ने मागसहित किसानले विरोध गरेपछि दुग्ध विकास बोर्डले गत मंसिरमा डेरी, दुग्ध सहकारीलाई छलफलमा डाकेको थियो । मंसिर २६ मा कृषि सहसचिव सूर्य पौडेलको नेतृत्वमा बोर्डमा भएको छलफलमा किसानलाई तत्काल भुक्तानी गर्ने सहमति भएको हो ।

कोशीका दूध उत्पादकले पाएनन् २५ करोड भुक्तानी

विराटनगर। कोशी प्रदेश सरकारले दूध उत्पादकको समस्या समाधान गर्न दुग्धजन्य पदार्थ निर्यातमा ४ करोड रुपैयाँ अनुदान दिने तयारी गरेको छ । विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य पदार्थ विक्री नभएको भन्दै कोशी प्रदेशका दूध उत्पादकको ६ महीनादेखिको २५ करोड रुपैयाँ भुक्तानी नदिएपछि प्रदेश सरकारले निर्यातमा अनुदान दिन लागेको हो ।  उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मंगलवार आयोजित दूध उत्पादकसँगको अन्तरक्रियामा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले यस प्रदेशका दूध उत्पादकले भोग्दै आएको समस्या समाधान गर्न सरकारले तयारी थालेको बताए । ‘यस प्रदेशमा रहेको विराटनगर दुग्ध वितरण आयोजनालगायत निजी डेरीहरूले उत्पादित दुग्धपदार्थ विक्री नहुँदा किसानको भुक्तानी दिन सकेका छैनन्,’ उनले भने, ‘त्यसैले यस प्रदेशमा भण्डारण गरिएको दुग्धजन्य पदार्थ निर्यातका लागि प्रदेश सरकारले अनुदान दिने तयारी गरेको छ ।’ चालू आर्थिक वर्ष (आव) को बजेटमा घ्यू र धूलो दूध निर्यातमा अनुदान दिने भनिएको छ । अनुदान वितरणका लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको मन्त्री राईले जानकारी दिए । इलामका दूध उत्पादक भूपेन्द्र गड्तौलाले विराटनगर दुग्ध वितरण आयोजनाले दूधको भुक्तानी नदिँदा गाईबस्तुलाई खुवाउने दाना, छोराछोरीको पठनपाठनका साथै घरव्यवहार चलाउन समस्या भएको बताए । ‘गत असारदेखि विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई दूधको भुक्तानी दिएको छैन,’ उनले भने, ‘दूधको भुक्तानी रोकेको आयोजनाले दूध किन्न पनि छाडिसकेकाले किसान दोहोरो मारमा परेका छन् ।’  अर्का किसान भरत तिम्सिनाले विराटनगर दुग्ध वितरण आयोजनाले इलामका किसानसँग यसअघि दैनिक ६/७ हजार लिटर दूध किन्ने गरेको तर अहिले ६/७ सय लिटर पनि नकिनिदिएको गुनासो पोखे । ‘ऋणमा गाईबस्तु किनेर दूध उत्पादन गर्दै आएको किसान दूध विक्री नहुँदा टाट पल्टिने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘यसअघि विक्री गरेको दूधको भुक्तानी नपाएको पीडा एकातिर छ भने अर्कोतिर उत्पादित दूध नबिकेर गाईबस्तुका लागि दाना किन्न पाएका छैनौं । ऋणको किस्ता तिर्न परेको सकस आफ्नै ठाउँमा छ ।’  छलफलमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख प्रमेश्वर चौधरीले किसानबाट संकलित दूधबाट उत्पादित वस्तु नबिकेर थन्क्याउनु पर्दा किसानलाई भुक्तानी दिन नसकेको बताए । उत्पादित दुग्धपदार्थ भण्डारण गरेर लामो समय राख्दा लागत बढिरहेको उनको भनाइ छ । दुग्धजन्य पदार्थलाई निश्चित तापक्रममा राख्दा विद्युत् खपत हुन्छ । ‘६ महीनादेखि संस्थानले किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न सकेको छैन,’ उनले भने, ‘किसानलाई भुक्तानी दिन केन्द्र सरकारसँग ऋण लिन पहल भइरहेको छ । ऋण प्राप्त हुने बित्तिकै किसानलाई भुक्तानी हुन्छ ।’ प्रमुख चौधरीले घ्यू र धूलो दूध निर्यातमा प्रदेश सरकारले छिट्टै सहजीकरण गरिदिए दुग्ध वितरण आयोजना ऋणको भारबाट मुक्त हुने बताए । निजी डेरी सञ्चालकहरूले बंगलादेश, जापानलगायत देशमा दुग्धजन्य पदार्थ निर्यातका लागि प्रयास गरिरहेकाले प्रदेश सरकारले निर्यातमा अनुदान दिन लागेको हो ।  उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले दुग्धजन्य पदार्थ तेस्रो मुलुक निर्यात गर्दा प्रदेश सरकारले दिने अनुदानका लागि कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेको बताए । उनले कार्यविधि मन्त्रिपरिषद्बाट तत्काल पारित गराएर अनुदान वितरण प्रक्रिया शुरू गर्न तथा दूध उत्पादक किसान र व्यवसायीको समस्या समाधान गर्न मन्त्रालय लागिपरेको बताए ।

चिकित्सा शिक्षामा विद्यार्थीले चाहेको विषय पढ्न पाएनन् : शिक्षामन्त्री पौडेल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाउने स्थिति रहेको बताएका छन् । चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको आजको छलफलमा मन्त्री पौडेलले भने, “नर्सिङलगायत विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासो गम्भीर तरिकाले उठेको छ । कानुन संशोधन गरेरै भए […]

जनताले सरकार भएको अनुभूति गर्न पाएनन् : कृष्णभक्त पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दा समेत कुनै अनुभूति गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन सरकारसँग माग गर्दै एमालेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले मूल्यवृद्धिले सर्वसाधारणको जीवन धान्नै […]

न्यायपालिकाका ‘हड्ताली समूह’ छलफलमा, न्यायाधीशले गोला तान्न पाएनन्

सर्वोच्च अदालतमा छलफलका कारण अदालतको कार्यालय समय सुरू भए पनि न्यायाधीशहरूले गोला तानेका छैनन् । गोला तान्न छाडेर ‘हड्ताली न्यायाधीश’ को नेतृत्वकर्ता दीपक कार्कीलगायतले बार नेतृत्वसँग बैठक गर्ने भनेपछि सबै न्यायाधीश जम्मा भएका हुन् ।

आज पनि इजलास नगई सामूहिक छलफलमा न्यायाधीशहरु

काठमाडौँ – सामूहिक छलफल भन्दै आज पनि सर्वोच्च अदालतका न्यायाधीशहरु इजलासमा गएनन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज आफूसहित १४ जना न्यायाधीशका लागि आठ वटा इजलास तोकेका थिए। आठ वटा इजलासमा १७२ वटा पेशी चढाइएको थियो। राणाले संयुक्त इजलास तोकेका कुमार चुडालसमेत अन्य न्यायाधीशहरुसँग सामूहिक छलफलमा बसेका छन्। जसले गर्दा प्रधानन्यायाधीश राणासमेत इजलासमा बस्न पाएनन्। प्रधानन्यायाधीश […]

संविधान संशोधनबारे संसदमा बोल्न नपाएपछि यसरी असन्तुष्टि पोखे गगन थापाले

काठमाडौं : नेपाली काँग्रेसका युवा नेता गगन थापाले आज संसदमा आफ्नो धारणा राख्न पाएनन्। देशको नयाँ नक्सा जारीपछि निशान छापमा उक्त नक्सालाई राख्न संविधान संशोधन प्रस्ताव गरिएको थियो। उक्त प्रस्तावमा आज मतदान भयो र सर्वसम्मत पारित भयो पनि। मतदान अघि सांसदहरुले दफावार छलफलमा आफ्नो आफ्नो धारणा राखे। तर, संसदमा