काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचमा छलफल चलिरहेकाे बताउनुभएकाे छ । आज बिहीवार बेलुकी सामाजिक सञ्जालमार्फत उहाँले यस्ताे बताउनुभएकाे छ ।
पार्टीभित्र देखिएकाे मतभेद र अन्तरविराेधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेकाे भन्दै नेता श्रेष्ठले आपत्ति जनाउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ, हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तरविराेधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढङ्गले...