नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । श्रेष्ठले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यसअघि तीन पटक मन्त्री हुने अवसर पाएका थिए । २०७६ साल माघ २३ गते झलनाथ खनाल नेतृत्वको सरकारमा संघीय मामिला र स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाले अवसर पाएका थिए । उनले लामो समय काम गर्ने अवसर पाएनन् ।