काठमाडौं– नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री र नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा श्रेष्ठ उपप्रधानसहित गृह र पौडेल अर्थमन्त्री बन्ने भएका हुन्। श्रेष्ठलाई प्रचण्डले परराष्ट्रमन्त्री बन्न गरेको आग्रह अस्वीकार गरेका थिए। उनले गृह वा अर्थमध्ये एकमा दाबी गरेका थिए। उनीहरूले आजै अपराह्न चारबजे प्रधानमन्त्री […]