नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल यतिबेला मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । कँडेल नमुना मतपत्रसहित घर घरमा पुगेर मत माग्न व्यस्त रहेका हुन् भने आफूलाई मत हाल्ने प्रक्रिया समेत सिकाइरहेका हुन्छन् । उनले सोमबार, मंगलबार र बुधबार आफ्नो क्षेत्र अन्तर्गत पर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४, ६, १३, १४ लगायतका वडाका बस्ती बस्तीमा घरदैलो अभियान गरेर सकाएका छन् । सुर्खेत क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार कँडेललाई भावी मुख्यमन्त्रीको आकांक्षी