पदयात्रामा पथप्रदर्शक अनिवार्य

पर्वतीय पदयात्रामा जाने पर्यटकले अनिवार्य रुपमा पथप्रदर्शक (गाइड) लैजानुपर्ने भएको छ । शनिबारदेखि सरकारले ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित गर्नेसम्बन्धी संशोधित नयाँ मापदण्ड२०७९’ जारी गरेसँगै यो व्यवस्था लागु भएको हो । नेपालको पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन टिम्स सुरुवात गरिएको हो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको औपचारिक रुपमा […]

सम्बन्धित सामग्री

नियमले बाँधिए सुरक्षित बन्छ साहसिक पर्यटन

पर्यटन बोर्डले गत अप्रिल १ देखि लागु हुने गरी ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गरायो। यो व्यवस्थासँगै नेपालमा विदेशी पर्यटक पदयात्रामा जाँदा अनिवार्य रूपमा ट्रेकिङ कम्पनीमार्फत पथप्रदर्शक (गाइड) लिएर जानुपर्ने बाध्यकारी अवस्था सिर्जना भयो।...

अब पदयात्रामा पथप्रदर्शक अनिवार्य

काठमाडौं । पर्वतीय पदयात्रामा जाने पर्यटकले अनिवार्य रूपमा पथप्रदर्शक (गाइड) लैजानुपर्ने भएको छ । शनिबारदेखि सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्नेसम्बन्धी संशोधन नयाँ मापदण्ड २०७९ जारी गरेसँगै यो व्यवस्था लागू भएको हो । नेपालको पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन टिम्स सुरूवात गरिएको हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पदयात्री […]

पदयात्री पर्यटकले अनिवार्य रूपमा पथप्रदर्शक लैजानुपर्ने

काठमाडौं । पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सम्बन्धी मापदण्ड–२०७९ कार्यान्वयनमा ल्याइएको छ । टिम्ससम्बन्धी मापदण्डको बोर्डमा आयोजित एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शुभारम्भ गरे । उक्त मापदण्ड आजदेखि लागू भएसँगै अब पदयात्री पर्यटकले अनिवार्य रूपमा पथ प्रदर्शक लैजानुपर्ने छ । पर्यटनमन्त्री […]

अब एक्लै घुम्न जान नपाइने, पथप्रदर्शक अनिवार्य हुनुपर्ने प्रावधान लागू

काठमाडौं : नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) शुरूवात भएको छ। शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन्। नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभुत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्युनिकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजम

पर्यटक एक्लै ट्रेकिङमा जान नपाउने

काठमाडौं  ।  नेपालमा पदयात्रा तथा ट्रेकिङका लागि आउने पर्यटकहरू अब एक्लै गन्तव्यमा जान नपाउने भएका छन् । नेपाल पर्यटन बोर्डले ‘फ्री इन्डिभ्युजुअल ट्रेकर (एफआईटी) बन्द गर्ने निर्णय गरेसँगै पर्यटकले अब ट्रेकिङमा जाँदा पथप्रदर्शक (गाइड) अनिवार्य रूपमा लैजानुपर्ने भएको हो । बोर्डले १ अप्रिल (चैत १८ गते)देखि एफआईटी बन्द गर्दै छ । बोर्डले ‘नेपाल पर्यटन ऐन–२०५३’ र ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका–२०६६’ संशोधन गर्दै गाइड अनिवार्य रूपमा लैजानुपर्ने व्यवस्था गरेको हो । शुक्रवारको यो निर्णयसँगै पदयात्रामा जाने विदेशीले अब ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा जानुपर्ने हुन्छ । साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यस्तो निर्णय गरिएको बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार पदयात्रामा जाने पर्यटक र गाइड दुवैको बीमासमेत गरिनेछ । अहिले पदयात्रामा जाने पर्यटकले ‘पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)’ कार्ड लिएर एक्लै भ्रमणमा जान गरेका छन् । तर, यसरी जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने समस्या देखिएपछि बोर्डले पदयात्रामा जानेलाई एक्लै जान रोक लगाउने निर्णय गरेको हो । ‘यस विषयमा पहिलेदेखि नै कुरा उठेको र नेपाललाई हरतरहले सुरक्षित पर्यटकीय गन्तव्य बनाउनुपर्छ भन्ने नै थियो,’ उनले भने । टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष खेमबहादुर सुवेदीले बोर्डले राम्रो निर्णय गरेको भन्दै कार्यान्वयनमा जोड दिए । उनले यो निर्णयले रोजगारी बढाउनुका साथै पर्यटकको सुरक्षामा पनि उत्तिकै महत्त्व दिने भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । उनका अनुसार नेपालमा हाल ट्रेकिङ कम्पनीको संख्या २ हजारभन्दा बढी छ । बोर्डको यो निर्णय कार्यान्वयनमा आउँदा नेपालमा ट्रेकिङ गाडडको रोजगारीका साथै आयसमेत बढ्ने उल्लेख गरिएको छ । बोर्डको तथ्यांकअनुसार नेपालमा कोभिड–१९ भन्दा अगाडि वार्षिक ४६ पर्यटक ‘फ्री इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रूपमा आउने गरेका छन् । बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्ने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउँथे । बोर्डका अनुसार अब भने सबैखाले पर्यटकका लागि टिम्स कार्डको शुल्क प्रतिव्यक्ति २ हजार रुपैयाँ हुनेछ । सार्क देशका नागरिकको हकमा यसअघि २०० रुपैयाँ लाग्ने गरेकोमा अब भने १ हजार रुपैयाँ लाग्नेछ । युनिट्राभल्सका अध्यक्ष सुमनप्रसाद पराजुलीले यो निर्णय कार्यान्वयन हुँदा नेपालको पर्वतीय पर्यटनको सुरक्षा चासोसमेत सम्बोधन हुने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल पर्यटन तथ्यांक–२०२१ अनुसार नेपालमा बिदा मनाउने आउने पर्यटकको संख्या सबैभन्दा बढी छ । त्यसपछि साहसिक पर्यटनका लागि अर्थात् ट्रेकिङ र पर्वतारोहणका लागि आउने पर्यटकको संख्या छ । उक्त तथ्यांकअनुसार कोभिडपूर्वको वर्ष सन् २०१९ मा टे«किङका लागि आउने पर्यटकको संख्या कुल १ लाख ९७ हजार ७८६ थियो । सन् २०२१ मा भने यो संख्या १५ हजार ५४९ थियो ।

पर्यटक गाइड र भरियालाई कुपन अनिवार्य

गोरखा – मनास्लु संरक्षण क्षेत्र जाने पर्यटकका पथप्रदर्शक र भरियाले कुपन लिएर मात्रै खाना खान पाउने भएका छन् । पर्यटकसँगै जाने गाइड र भरीयाले पैसा नतिरी खाना माग्ने गरेपछि व्यवसायमा घाटा परेको भन्दै यो क्षेत्रका होटल व्यवसायीले कुपनको व्यवस्था गरेका हुन् ।  व्यवसायीहरुले मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उप–समित...

पथप्रदर्शकबिना हिमालय क्षेत्रमा जान नपाइने

हिमाल आरोहणमा जानेबाहेक पथप्रदर्शकबिना हिमालय क्षेत्रमा एक्लै वा समूहमा जान नपाइने नियममा सरकार अडिग देखिएको छ। कतिपयले यसको विरोध गरे पनि सरकार आफ्नो निर्णयमा पछि नहट्ने देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार पदयात्री सूचना व्यवस्थापन प्रणाली कार्यविधिको शुभारम्भ गर्दै पदयात्रामा जान अनिवार्य पथप्रदर्शक चाहिने र सम्बन्धित कम्पनीले टिम्स कार्ड लिनुपर्ने बताउनुभयो।

एकल पदयात्रामा प्रतिबन्धको विरोध

सरकारले विदेशी पर्यटकलाई एकल पदयात्रामा जान प्रतिबन्ध लगाउने निर्णयप्रति विदेशी पर्यटकले असन्तुष्टि जनाएका छन् । यसअघि पर्यटक एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा आउँदो चैत १८ (अप्रिल १) देखि पर्यटकका साथमा अनिवार्य पथप्रदर्शक हुनैपर्ने निर्णयप्रति पर्यटकले निराशा व्यक्त गर्न थालेका हुन् ।