नियमले बाँधिए सुरक्षित बन्छ साहसिक पर्यटन

पर्यटन बोर्डले गत अप्रिल १ देखि लागु हुने गरी ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गरायो। यो व्यवस्थासँगै नेपालमा विदेशी पर्यटक पदयात्रामा जाँदा अनिवार्य रूपमा ट्रेकिङ कम्पनीमार्फत पथप्रदर्शक (गाइड) लिएर जानुपर्ने बाध्यकारी अवस्था सिर्जना भयो।...

सम्बन्धित सामग्री

साहसिक पर्यटन ‘ट्रेकिङ’: आन्तरिक पर्यटकको रहरलाग्दो मोह

नारायण ढुङ्गानाकाठमाडौँ : विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक र कहलिएको गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय यसको सम्भावना अझै प्रचुर मात्रामा बढेको छ।यतिखेर देशका विभिन्न रुटका पदयात्रामा गएकाहरुलाई हेर्ने हो भने विदेशीभन्दा स्वदेशी नै धेरै भेटिन्छन्। पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न थालेको पर्यटन व्यवसायी बताउँछन्।ट्रेकिङका लागि आकर्षक गन्तव्य र प्रचुर सम्भावना देखेर नै विश्वभरिका मानिस नेपालमा पदयात्रा गर्न आउने गर्छन् तर पनि यसमा रहेको अथाह स

पर्यटन प्रवर्द्धनमा चासो

साहसिक पर्यटनको गन्तव्य बनेको पर्वतको पर्यटन प्रवर्द्धनका लागि कास्कीका संचारकर्मीहरुले चासो देखाएका छन् । साहसिक पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले संचारकर्मीहरु पर्वत आएका हुन् । नेपाल पत्रकार महासंघ कास्कीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा रहेका साहसिक पर्यटन […]

दर्ता/नवीकरण नगरी साहसिक पर्यटन व्यवसाय गरे कारबाही

काठमाडौं । विभिन्न ११ प्रकारका साहसिक पर्यटन व्यवसाय दर्ता, नवीकरण, इजाजत नलिई सञ्चालन गरेको पाइएको भन्दै पर्यटन विभागले कारबाही गर्ने बताएको छ । २ करोड रूपैयाँदेखि ५ करोड रूपैयाँसम्म लगानी भएका बन्जी जम्पदेखि स्काई डाइभिङलगायतका व्यवसाय दर्ताविना नै सञ्चालनमा रहेको भन्दै विभागले दर्ता, नवीकरण र इजाजतका लागि व्यवसायीलाई आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै कानूनी प्रक्रिया पूरा नगरी यस्ता व्यवसाय सञ्चालन गरेको पाइएको उल्लेख गरेको छ । प्रक्रिया नपुर्‍याई व्यवसाय सञ्चालनलाई निरन्तरता दिए कारबाही गर्ने विभागको चेतावनी छ । विभागले साहसिक पर्यटन व्यवसाय सञ्चालन गर्नेहरूको ध्यानाकर्षण पनि गराएको छ । विभागले बन्जी जम्प, स्विङ, क्यानोनिङ, स्काई डाइभिङ, जिप फ्लाइङ, हाई रोप्स, स्काई वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्युजमेन्ट पार्क, फन पार्क तथा अन्य साहसिक पर्यटन व्यवसाय दर्ता गराएर मात्रै सञ्चालन गर्नुपर्ने स्पष्ट पारेको छ । विभागले दर्ता, इजाजत नलिई व्यवसाय सञ्चालन गरे व्यवसाय नै खारेज गरिने व्यवस्था रहेको उल्लेख गरेको छ । यस्तै वातावरणीय संरक्षण नियमावली २०७७ अनुसार साहसिक पर्यटन पूर्वाधार निर्माण गर्दा संक्षिप्त वातावरणीय अध्ययन गर्नुपर्ने प्रावधान रहेको पनि विभागले सम्झाएको छ ।

पर्यटन प्रर्वद्धनका लागि पूर्व–पश्चिम साइकल यात्रा गर्दै मंगलकुमार लामा

६ चैत, काठमाडौं । नेपालको साहसिक पर्यटन प्रर्वद्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदूरपश्चिमको सिमीकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । साइकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा विदाई गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र जीएचटी अन व्हीलको आयोजनामा हुन लागेको यात्रामा विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । […]

रुस–युक्रेन युद्धको बाछिटाः साहसिक पर्यटन प्रभावित हुने

युरोपेली मुलुक युक्रेनमा रुसले सैन्य कारवाही सुरु गरेपछि त्यसको मार पर्यटन क्षेत्रमा पर्ने व्यवसायीको भनाई छ। रुस–युक्रेनको तनावको बाछिटा नेपालको पर्यटन क्षेत्रमा समेत पर्ने व्यवसायीले बताएका छन्। आगामि सिजनमा ती मुलुक सहित त्यस क्षेत्रबाट आउने पर्यटनमा प...

साहसिक पर्यटन प्रर्वद्धनका लागि धार्चेमा रक क्लाईम्बिङ

साहसिक पर्यटन  प्रर्वद्धन गर्नका लागि धार्चे गाउँपालिकाको विभिन्न स्थानमा रक ल्याईम्बिङको रुट निर्माण गर्ने कार्म भइरहेको छ । धार्चे गाउँपालिकाको हुल्चुक र काशीगाउँबेसीमा यसअघि नै रक क्लाईम्बिङका लागि रुट निर्माण...

साहसिक पर्यटन प्रवर्द्धनमा व्यवसायीको जोड

कास्की । गण्डकी प्रदेशमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकासमा लाग्नुपर्नेमा पर्यटन व्यवसायी र सरोकारवालाले जोड दिएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका खेल पर्यटन गर्न उपयुक्त ठाउँको पहिचान गरेर ‘एक जिल्ला : एक साहसिक खेलकुद गतिविधि’ विकास गर्नुपर्ने खाँचो उनीहरूले औंल्याएका छन् । गण्डकीका ११ ओटै जिल्लामा रहेका पर्यटकीय गन्तव्यमा साहसिक खेलकुद गतिविधि सञ्चालन, अन्तरराष्ट्रिय स्तरमा त्यसको प्रचारप्रसार र भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याएर रोजगारी सृजना गर्नुपर्ने व्यवसायी बताउँछन् । गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले मुस्ताङमा हाई अल्टिच्युड स्पोर्टस ट्रेनिङ सेन्टरको निर्माणका गर्ने योजना भए पनि प्रक्रिया लम्बिएकाले काम अघि बढ्न नसकेको बताए । सांसद विष्टले मुस्ताङको ४ हजार ६४५ मिटरको उचाइमा गल्फ सेन्टरको निर्माणका लागि अध्ययन प्रक्रिया अघि बढाइने बताए । यस्तै पोखरालाई केन्द्र बनाएर प्रदेशका जिल्लाहरूमा साहसिक खेलकुद गन्तव्यको रूपमा विकासमा लाग्नुपर्ने उनले बताए । गण्डकीका ११ जिल्लामा फरक फरक विषेशता रहेकाले आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाउन सरकारले योजनाबद्ध काम गर्नुपर्ने उनले औंल्याए । ‘एउटै प्रदेशमा हिमाल, पहाड र तराईको केही भाग समेटिएकाले यसलाई विषेश योजना बनाएर पर्यटन प्रवद्धन गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि सरकारले साहसिक पर्यटन विकास लगायत अन्य योजना अगाडि बढाउन आवश्यक छ ।’ गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले ओलम्पिक खेलसँग सम्बन्धित खेल गतिविधिबारे धेरे चर्चा हुने गरेको भए पनि प्रदेशको समृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने साहसिक खेलकुदबारे ठोस रूपमा चर्चा नभएको बताए । परिषद्ले प्रदेशलाई साहसिक खेलकुदको गन्तव्यको रूपमा स्थापित गर्न सरोकारवाला निकायबीच आवश्यक परामर्श गरिरहेको उनको भनाइ छ । प्रदेशको मुख्य आधार नै पर्यटन भएको भन्दै उनले आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाउन तीनओटै सरकारले विशेषगरी विभिन्न ठाउँहरूमा साहसिक खेल पर्यटनका पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनले बताए । ‘पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ,’ उनले भने । राष्ट्रिय खेलकुद परिषद्का सदस्य गोविन्दप्रसाद भट्टराईले मुलुकको समृद्धिको प्रमुख आधार दिगो खेलकुद भए पनि राज्यले त्यसबारे नीति निर्माणमा समेत चासो नदिएको टिप्पणी गरे । साहसिक खेलकुदको छाता संस्था नेपाल माउन्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष समेत रहेका उनले गण्डकी प्रदेशमा खेल पर्यटनको प्रचुर सम्भावना भएकाले यसको विकासमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । प्रदेशमा साहसिक पर्यटनसहित अन्य पर्यटकीय गतिविधिलाई योजनाबद्ध रूपमा सञ्चालन गर्न सके यसैबाट आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उनको छ । पर्यटनविद् डा. रामजी शर्माले प्रदेशको साहसिक खेलकुदलाई स्थापित गराउन विशेषगरी एयर, वाटर, सर्फेस र अल्पाइन स्पोटर््समा ध्यान दिनुपर्ने बताए । खेलकुद आफैमा पर्यटनको क्षेत्र भए पनि यसको पूर्वाधार विकास र प्रचारप्रसारको खाँचो उनले औंल्याए । प्रदेशका हरेक जिल्लामा साहसिक खेलकुदको गन्तव्यको पहिचान गर्नुपर्ने भन्दै उनले त्यसको ब्राण्डिङ गर्न सरोकारवाला र राज्य लाग्नुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले समग्र प्रदेशमा साहसिक पर्यटनको दिगो विकासका लागि स्पोर्टस भिलेजको अवधारणा अनुसार अघि बढ्नुपर्ने बताए । पर्यटकको बसाइ लम्ब्याउन समेत साहसिक खेलकुदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले यसका लागि पर्याप्त बजेट र आवश्यक योजनासहित बढ्नुपर्नेमा जोड दिए । ‘गण्डकी प्रदेश पर्यटकीय हिसाबले महत्त्वपूर्ण ठाउँ हो । यहाँ साहसिकदेखि अन्य पर्यटकीय सम्भावना छन्,’ उनले भने, ‘सरकार, सरोकारवाला निकायबीचको समन्वयमा पर्यटकीय गतिविधि र साहसिक खेल पर्यटनको विकास गर्नुपर्छ ।

गण्डकी प्रदेशमा साहसिक पर्यटन : एक जिल्ला, एक साहसिक खेल गतिविधि

पोखरा । पर्यटन व्यवसायी र सरोकारवालाहरूले गण्डकी प्रदेशमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकासमा लाग्नुपर्ने बताएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका खेल पर्यटनका उपयुक्त ठाउँ पहिचान गरेर प्रदेशलाई एक जिल्ला, एक साहसिक खेलकुद गन्तव्यको रुपमा विकास गर्नुपर्ने उनीहरुको भनाइ छ ।गण्डकीका ११ वटै जिल्लामा रहेका पर्यटकीय गन्तव्यलाई साहसिक खेलकुदमार्फत अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याएर रोजगारी सिर्जना गर्नुपर्ने व्यवसायीको धारणा छ । प्रदेशल

साहसिक पर्यटनको क्षेत्रमा वर्षाैंदेखि कानून अभाव

हिमाल, उच्च पहाड, भीर, पहरा, नदीनाला, छहराको देश नेपालमा साहसिक पर्यटनको सम्भावना प्रशस्त छ । यद्यपि त्यसको व्यावसायिक विकासका लागि स्पष्ट कानूनी अभावको सम्बोधन भने हुन नसकेको गुनासो छ । साहसिक पर्यटन प्रवद्र्धनका कार्य देशका विभिन्न भागमा भइरहेका छन् । बन्जी जम्प, जिप फ्लायर, र्‍याफ्टिङ, मोटरबोट, केबलकार, रोपलाइन सञ्चालनमा रहे पनि यसको सञ्चालन अनुमतिसम्बन्धी स्पष्ट कानूनी आधार छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमका अनुसार रज्जुमार्ग तथा केबलकार सञ्चालनसम्बन्धी नीति निर्माण गरी मन्त्रा...

वाइल्डलाइफ टुरिजमको उत्कृष्ट गन्तव्य सौराहा, कोभिडका कारण छैन उत्साह

घुम्नका लागि नेपालमा धेरै रमणीय स्थानहरू छन् । साहसिक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, ट्रेकिङ, माउन्टेन क्लाइम्बिङका लागि नेपाल विश्वमै प्रसिद्ध छ । त्यसैमध्येको नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका...