पर्यटक एक्लै ट्रेकिङमा जान नपाउने

काठमाडौं  ।  नेपालमा पदयात्रा तथा ट्रेकिङका लागि आउने पर्यटकहरू अब एक्लै गन्तव्यमा जान नपाउने भएका छन् । नेपाल पर्यटन बोर्डले ‘फ्री इन्डिभ्युजुअल ट्रेकर (एफआईटी) बन्द गर्ने निर्णय गरेसँगै पर्यटकले अब ट्रेकिङमा जाँदा पथप्रदर्शक (गाइड) अनिवार्य रूपमा लैजानुपर्ने भएको हो । बोर्डले १ अप्रिल (चैत १८ गते)देखि एफआईटी बन्द गर्दै छ । बोर्डले ‘नेपाल पर्यटन ऐन–२०५३’ र ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका–२०६६’ संशोधन गर्दै गाइड अनिवार्य रूपमा लैजानुपर्ने व्यवस्था गरेको हो । शुक्रवारको यो निर्णयसँगै पदयात्रामा जाने विदेशीले अब ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा जानुपर्ने हुन्छ । साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यस्तो निर्णय गरिएको बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार पदयात्रामा जाने पर्यटक र गाइड दुवैको बीमासमेत गरिनेछ । अहिले पदयात्रामा जाने पर्यटकले ‘पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)’ कार्ड लिएर एक्लै भ्रमणमा जान गरेका छन् । तर, यसरी जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने समस्या देखिएपछि बोर्डले पदयात्रामा जानेलाई एक्लै जान रोक लगाउने निर्णय गरेको हो । ‘यस विषयमा पहिलेदेखि नै कुरा उठेको र नेपाललाई हरतरहले सुरक्षित पर्यटकीय गन्तव्य बनाउनुपर्छ भन्ने नै थियो,’ उनले भने । टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष खेमबहादुर सुवेदीले बोर्डले राम्रो निर्णय गरेको भन्दै कार्यान्वयनमा जोड दिए । उनले यो निर्णयले रोजगारी बढाउनुका साथै पर्यटकको सुरक्षामा पनि उत्तिकै महत्त्व दिने भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । उनका अनुसार नेपालमा हाल ट्रेकिङ कम्पनीको संख्या २ हजारभन्दा बढी छ । बोर्डको यो निर्णय कार्यान्वयनमा आउँदा नेपालमा ट्रेकिङ गाडडको रोजगारीका साथै आयसमेत बढ्ने उल्लेख गरिएको छ । बोर्डको तथ्यांकअनुसार नेपालमा कोभिड–१९ भन्दा अगाडि वार्षिक ४६ पर्यटक ‘फ्री इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रूपमा आउने गरेका छन् । बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्ने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउँथे । बोर्डका अनुसार अब भने सबैखाले पर्यटकका लागि टिम्स कार्डको शुल्क प्रतिव्यक्ति २ हजार रुपैयाँ हुनेछ । सार्क देशका नागरिकको हकमा यसअघि २०० रुपैयाँ लाग्ने गरेकोमा अब भने १ हजार रुपैयाँ लाग्नेछ । युनिट्राभल्सका अध्यक्ष सुमनप्रसाद पराजुलीले यो निर्णय कार्यान्वयन हुँदा नेपालको पर्वतीय पर्यटनको सुरक्षा चासोसमेत सम्बोधन हुने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल पर्यटन तथ्यांक–२०२१ अनुसार नेपालमा बिदा मनाउने आउने पर्यटकको संख्या सबैभन्दा बढी छ । त्यसपछि साहसिक पर्यटनका लागि अर्थात् ट्रेकिङ र पर्वतारोहणका लागि आउने पर्यटकको संख्या छ । उक्त तथ्यांकअनुसार कोभिडपूर्वको वर्ष सन् २०१९ मा टे«किङका लागि आउने पर्यटकको संख्या कुल १ लाख ९७ हजार ७८६ थियो । सन् २०२१ मा भने यो संख्या १५ हजार ५४९ थियो ।

सम्बन्धित सामग्री

लुम्बिनीका कर्मचारीले राजनीति गर्न नपाउने

लुम्बिनी प्रदेश सेवाअन्तर्गतका कर्मचारी राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने भएका छन् । हालै प्रमाणीकरण भएको लुम्बिनी प्रदेशको निजामती सेवा ऐनमा ‘निजामती कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्य लिन, राजनीति क्रियाकलापमा संलग्न...

शिक्षा विधेयक: शिक्षकले के के गर्न नपाउने ?

प्रस्ताव अनुसार सार्वजनिक विद्यालयका शिक्षकले बहाल रहेर अन्य देशको आवासीय अनुमतिका लागि निवेदन दिन नपाउने भएका छन्।...

सागर ढकालले आफैलाई भोट दिन नपाउने

काठमाडौं, असोज २९ । प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने भएका छन्। मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ। त्यस्ता उम्मेदवारले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन्। सुदूरपश्चिममा यस्ता उम्मेदवारमा सागर ढकाल पनि रहेका छन्। ढकालले आफूलाई […]

मेयरदेखि मन्त्रीसम्मले चुनावमा पक्ष विपक्षमा प्रचार गर्न नपाउने

काठमाडौं : मन्त्री र मेयरले चुनावमा प्रचार गर्न नपाउने भएका छन्। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मन्त्री र मेयरले प्रचारप्रसार गर्न नपाउने भएका हुन्। निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता २०७९ मा संघ र प्रदेशका मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीले पक्ष विपक्षमा प्रचार गर्न नपाउने उल्लेख छ।…

आफ्नो ठेक्कापट्टा भएको पालिकामा उम्मेदवार बन्न नपाउने

काठमाण्डौ – ठेकेदारले आफ्नो ठेक्कापट्टा भएको पालिकामा वैशाख ३० गते हुने चुनावका लागि उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको स्वघोषणामा सर्वोच्च अदालतले थप व्याख्या गर्दै आफ्नो ठेक्कापट्टा भएको पालिकामा उम्मेदवार बन्न नपाउने आदेश दिएको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै स्वघोषणासम्बन्धी व्यवस्थामा थप व्याख्या गरेको हो । आदेशमा भनिएको छ, ‘कानुनले निर्धारित योग्यता पुगेको र प्रचलित कानुनमा तोकिएको अन्य अयोग्यता नभए निजले मन...

आज मध्यरातबाट बजेट खर्च गर्न नपाउने

काठमाडौं, भदौ ३० । सरकारले बुधबार (आज) मध्यरातबाट सरकारी कोष खर्च गर्न नपाउने भएको छ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले केही दिनका लागि खर्च गर्न नपाउने भएको हो । विधेयक पारित नभएसम्म सरकारी कोषबाट खर्च गर्न नपाइने अवस्थालाई ‘बजेट होलिडे’ भनिन्छ । सरकारले बजेट होलिडेको अवस्थामा खर्च गर्न […]

सरकारले खर्च गर्न नपाउने

संसद्बाट बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पास नभएपछि सरकारलाई बुधबारदेखि बजेट खर्च गर्न कानुनी जटिलता आउने भएको छ। बजेट प्रतिस्थापन अध्यादेश बुधबारसम्ममा पारित नहुँदा सरकारले खर्च गर्न नपाउने कानुनका जानकार बताउँछन्।...

बीमा कम्पनीहरुले हकप्रद सेयर जारी गर्न नपाउने

बीमा कम्पनीहरुले यो आबीमा कम्पनीहरुले यो आर्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।र्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।

निषेधाज्ञा अवधिभर बैंकहरुले जरिवाना लिन नपाउने

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा अवधिमा ग्राहकलाई जरिवाना गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै जरिवाना गर्न नपाउने व्यवस्था गरेको हो। दोस्रो लहरको कोरोना रोकथामका लागि लगाइएको निषेधाज्ञा सकिएको एक महिनासम्म जरिवाना वा लिलाम गर्न मिल्ने छैन।