यहाँ विगत सय वर्षदेखि कालगतिले कसैको मृत्यु भएको छैन त ? यस्तो छ वास्तविकता

 विश्वमा यस्ता विविध किसिमका ठाउँहरु छन्, जसको बारेमा थाहा पाएपछि हामीलाई पनि अचम्म लाग्छ । आज हामी तपाईलाई यस्तो ठाउँको बारेमा बताउन गइरहेका छौँ, जुन ठाउँमा विगत ७० वर्षदेखि कोही कसैको मृत्यु भएको छैन ।तपाईंलाई लाग्न सक्छ कि यहाँ कोही पनि बस्दैनन् भनेर ।यो अचम्म लाग्दो ठाउँ नर्वेमा छ । यहाँ यस्ता सुन्दर ठाउँहरु छन्, जसका कारण विश्वका प्रसिद्ध पर्यटक स्थलमा समावेश भएको छ । नर्वेमा यो ठाउँको नाम हो लाङइयरबेन । यो स्थानमा कोही पनि कालगतीले मर्न पाएका छैनन् । मर्न नै नपाउने कस्तो ठाउँ होला त भ

सम्बन्धित सामग्री

सघन कक्षको कथा : जहाँ भेटिन्छ समाजको वास्तविकता

मृत्यु जितेर  पुन: जीवन पाउनुभएकाहरुमा आगामी जीवन स्वस्थ्यकर बितोस् भन्न चाहन्छु। सघन कक्षका खम्बा श्रदेय नर्स, डाक्टरसाप, कार्यालय सहयोगीहरु आदि सम्पुर्णमा शिर झुकाएर नमन गर्न चाहन्छु। हजुरहरुको उर्जाले नै बिरामीहरुमा उर्जा भर्ने काम गरेको छ, जीवन भर्ने पुण्यकाममा कहिले सफल त कहिले बिफल भएता पनि कोशिसको लागि सलाम छ।

३ किशोरी मृत्यु प्रकरण: वास्तविकता अझै पत्ता लागेन

कचनकवल–५ पाठामारीका तीन किशोरीको शव रूखमा झुन्डिएको अवस्थामा फेला परेको घटनाको वास्तविकता अझै खुलेको छैन । शंकास्पद स्थितिमा शव भेटिएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन नसकेको हो ।

राकेशभक्त पौडेल हत्या प्रकरण : १९ दिन बितिसक्दा वास्तविकता बाहिर आउन सकेन

बाराको जीतपुर सिमरा उपमहानगरपालिका ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या घटनामा प्रहरीको अनुसन्धान फितलो भएको भन्दै मृतक परिवारले गुनासो गरेका छन् । स्थानीय तह निर्वाचनको अघिल्लो दिन वैशाख २९ गते राती छिमेकी चित्रबहादुर केसीको घरमा पौडेलको हत्या भएको थियो । सुरुमा पौडेलको घरको छतबाट लडेर मृत्यु भएको भनिए पनि शव परीक्षण गर्दा टाउकोको पछाडि भागमा धारिलो हतियार प्रयोग भएको भेटिएपछि घटना शङ्कास्पद देखिएको हो । घटना भएको १९ दिन बितिसक्दा पनि प्रहरी प्रशासनले वास्तविकता भने अझै सार्वजनिक गर

हाइपरफन्डको वास्तविकता

मानिसको सबैभन्दा ठूलो ध्येय धनी बन्नु हो । कुनै व्यक्तिले कतिसम्म धन कमाउन सक्ला यसको सीमा छैन । आचार्य चाणक्यले धनसहित आयु, कर्म, विद्या र मृत्यु यी पाँचओटा कुरा गर्भमै निश्चित भएको हुन्छ भनेका छन् । मनुले शरीरलाई कष्ट दिएर धन कमाउनु हुन्न भनेका छन् । ‘कि धन बाख्रापाठाबाट, कि धन लामो बाटोबाट, कि धन ससुराली पाटोबाट’ भन्ने लोकोक्ति छ । धन कमाउन गाह्रो छ भन्ने मनुको भनाइबाट पनि बुझिन्छ । तर, वर्तमान समयमा बसिबसी धन आर्जन हुन्छ भन्ने भ्रमलाई आत्मसात् गर्दा वित्तीय अपराध र ठगी बढ्दै जाँदा कयौंले भएको पनि गुमाएका छन् । इन्टरनेट सञ्जालबाट अनेक प्रलोभन देखाएर हुने ठगीको दर बढ्दो छ । यस्ता ठगीको मारमा परेर व्यक्तिले गुमाउने एउटा पाटो त छँदै छ, देशको रकम वा देशमा विदेशबाट भित्रिनुपर्ने विप्रेषणसमेत आउन बन्द भएको छ । श्रम प्रवेशाज्ञामा विदेश गएका नेपाली इन्टरनेट सञ्जालबाट हुने यस्तो ठगीमा बढी परेको अनुमान गर्न सकिन्छ । पछिल्लो समयमा ‘करेन्सी’ नाम जोडिएको ‘क्रिप्टो’ र पिरामिड प्रकृतिको हाइपरफन्डमा नेपालबाट धेरै रकम बाहिरिएको र विदेशबाट नेपालमा विप्रेषणमार्फत प्राप्त हुने रकम उतै लगानी (ठगि) भएर रोकिएको अनुमान गरिएको छ । हाइपरफन्डलगायत क्रिप्टो इन्टरनेटमार्फत संसारभर पुग्दा बैंक अफ इङल्यान्डले क्रिप्टो मूल्यविहीन हुनसक्ने चेतावनी दिएको छ । हाइपरफन्ड क्रिप्टोको कारोबारमा संलग्न भएको हुँदा यसको पनि भविष्य अन्धकारमय हुने कुरामा शंका छैन । लामो यात्राका यात्री युट्युबमा हाइपरफन्ड भनेर खोज्दा यसका संस्थापक भनिने रयान झुको बखान सबैभन्दा बढी भेटिन्छ । झुले सन् २०१३ मा संस्थापन गरेको भनिए पनि यी अगाडि देखिने व्यक्ति मात्र हुन् पछाडि अरू नै छन् भनिन्छ । स्थापना हुँदा यसको नाम ‘हाइपरटेक’ थियो र पछि ‘हाइपरफन्ड’ हुँदै अहिले ‘हाइपरभर्स’ मा आइपुगेको छ । नाम जेसुकै फेर्दै गए पनि यसको मुख्य धन्दा भने पर्दापछाडि रहेको र यसका संस्थापक भनिने झु ‘हात्तीको देखाउने दाँत’ मात्र हुन् । हाइपरफन्ड के हो के काम गर्छ भन्ने कुराको निश्चित नभए पनि यसले गरिरहेको कार्य हेर्दा यो नेटवर्किङ र मल्टीलेभल मार्केटिङभन्दा बढी केही देखिँदैन । यसले आफूलाई क्रिप्टोको अंग मानिने ‘ब्लकचेन’ को विज्ञ भने पनि त्यस्तो देखिँदैन । यसले उठाएको रकम कहाँ खर्च गर्छ वा केमा लगानी गर्छ त्यसको स्पष्ट उद्देश्य छैन । क्रिप्टो माइनिङ गर्छु भने पनि त्यस्तो होइन भन्ने आएको छ । यसले खडा गरेको नेटवर्किङ पनि पूर्णतः कानूनी छैन भन्ने पनि छ । यसको मुख्यालय कहाँ छ र इन्टरनेटबाट हुनेबाहेक भौतिक उपस्थिति कुनकुन देशमा छ भन्ने पनि स्पष्ट छैन । सामान्यतया व्यापारिक कम्पनीको वेबसाइट डट कममा डोमेन दर्ता हुने भए पनि यसको वेबसाइट डट नेटमा दर्ता छ । वेबसाइटमा कम्पनीको दर्ता तथा कर्पोरेट कार्यालय, संस्थापक, मुख्य व्यवस्थापक आदिका बारेमा केही उल्लेख छैन । वेबसाइट खोल्नेबित्तिकै गृहपृष्ठमा ‘जहाँ वास्तविकता समाप्त हुन्छ, त्यहाँ कल्पना शुरू हुन्छ’ (अंग्रेजीबाट गरिएको अनुवाद) भन्ने नारा (स्लोगान) देखिन्छ । यसले एबाउट असमा लेखेका कुरा पढ्दा कम्प्युटर गेम निर्माण कम्पनीको जस्तै काल्पनिक कुरा देखिन्छ । त्यसमा ‘हाइपरभर्स लाखौं ग्रहहकरू मिलेर बनेको भर्चुअल मेटाभर्स हो । यसमा सहभागीले साथीहरूसँग जोडिन, विभिन्न संस्कृति र जीवनशैलीको अनुभव गर्न, व्यवसाय शुरू गर्न र ब्रह्माण्डको अन्वेषण गर्न सक्छन्’ लेखिएको छ । यस्ता सहभागीलाई उसले ‘भोयजर’ अर्थात ‘लामो यात्राका यात्री’ भनेको छ । हाइपर र क्रिप्टो हाइपरफन्डलगायत क्रिप्टो इन्टरनेटमार्फत संसारभर पुग्दा बैंक अफ इङल्यान्डले क्रिप्टो मूल्यविहीन हुनसक्ने चेतावनी दिएको छ । हाइपरफन्ड क्रिप्टोको कारोबारमा संलग्न भएको हुँदा यसको पनि भविष्य अन्धकारमय हुने कुरामा शंका छैन । क्रिप्टो प्रतिबन्धित बन्दै जाने क्रममा टर्कीले कुनै पनि प्रकारको क्रिप्टोमाथि प्रतिबन्ध लगाइसकेको छ । नाममा ‘करेन्सी’ जोडे पनि यो वास्तविक मुद्रा भने होइन । यसलाई डिजिटल मुद्राको स्वरूप भनिए पनि यसलाई कुनै पनि देश र देशको केन्द्रीय बैंकले प्रत्याभूत गरेको छैन । एक देशमा समानान्तर अर्को मुद्रा चल्न सक्दैन । अचम्म के छ भने नाममा करेन्सी धारण गरे पनि यसलाई किन्न जमानती वा कानूनी मुद्रा (फियट करेन्सी) नै चाहिन्छ । अपवादको रूपमा कहिलेकाहीँ क्रिप्टोले क्रिप्टो किनेको भने हुनसक्छ । क्रिप्टो व्यक्ति व्यक्तिबीच हुने कारोबार हो । यो भौतिक अस्तित्व नभएको तरंग मात्र हो । प्राप्त गर्नेले अंक मात्र प्राप्त गर्छ । हुन त शेयर पनि भौतिक स्वरूपमा नभएर अंकमा देखिन थालेको छ । यसलाई देखाएर क्रिप्टो पनि त्यही हो भन्ने तर्क आउनसक्ला तर, यस्तो तर्कको कुनै अर्थ हुँदैन । शेयरलाई कम्पनीले प्रत्याभूत गरेको हुन्छ तर, क्रिप्टो कुनै पनि निकाय वा देशले प्रत्याभूत गरेको हुँदैन । क्रिप्टो नभनिकन क्रिप्टोकै कारोबार गरिरहेको हाइपरफन्डमा शुरूमा प्रवेश गर्नेले केही लाभ पाए पनि पछि प्रवेश गर्नेको लगानी सुरक्षा कसैले पनि गर्न सक्ने देखिँदैन । यसै सन्दर्भमा इङल्यान्डको ‘फाइनान्सियल कन्डक्ट अथोरिटी’ले यस (हाइपरफन्ड) ले इङल्यान्डमा वित्तीय विकेन्द्रीकरण (डिसेन्ट्रलाइज फाइनान्स) को नाममा अनुमतिविना वित्तीय सेवाका उत्पादन दिएको र यस्ता सेवा दिनका लागि दर्ता भएर अनुमतिपत्र प्राप्त गर्नुपर्ने हालसम्म हाइपरफन्डलगायत कुनै पनि दर्ता नभएको बताएको छ । त्यस्तै, लगानीकर्तालाई पनि चेतावनी दिँदै यस्ता अवैध क्षेत्रमा लगानी गरी हुने वा हुनसक्ने हानिनोक्सानीको जिम्मा लिन नसक्ने बताएको छ । भारत र नेपालमा क्रिप्टो कुनै पनि क्रिप्टोप्रति अनुदार देखिएको भारतले यसलाई शुरूदेखि नै रुचाएको थिएन र रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले प्रतिबन्ध लगाएको थियो । पछि सर्वोच्च अदालतले वस्तुसरह कारोबार गर्न अनुमति दिएको थियो । अहिले यसको कारोबार वस्तुसरह भइरहेको छ र सेक्युरिटिज एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) लाई कमोडिटीसरह नियमन गर्ने कानुन निर्माण गर्दै छ । पछिल्लो समयमा भारत सरकारले हाइपरफन्डलाइ पनि निगरानीमा राखेको छ । हाइपरफन्डको बारेमा उजुरी आउन थालेपछि आरबीआई, अर्थ मन्त्रालय र सेबी आदिले कुनै पनि क्रिप्टोको कारोबार नगर्न चेतावनी दिएको छ । अर्थ मन्त्रालयले भर्चुअल करेन्सी मुद्रा होइन र यसमा कानूनी शक्ति छैन भनेको छ । त्यस्तै, आरबीआईले पनि कुनै पनि निकायलाई यस्ता करेन्सी (भर्चुअल) को सञ्चालन वा लेनदेनको अनुमति नदिइएको बताएको छ । आरबीआईले आफ्नै आधिकारिक डिजिटल करेन्सी ‘ई–रुपैयाँ’ छिटै जारी गर्ने योजना बनाएको बताएको छ । भारतमा सन् २०१८ मा अमित भारद्वाज र विवेक भारद्वाज नामक दाजुभाइलाई बिटक्वाइन माइनिङ गरेको र ८ हजार व्यक्तिको २ अर्ब भारतीय रुपया ठगी गरेको आरोपमा पुने पुलिसले पक्राउ गरेको थियो । नेपालमा पनि हालै नेपाल राष्ट्र बैंकले भर्चुअल र क्रिप्टोकरेन्सीको कारोबार नगर्न तथा यससँग सम्बद्ध हाइपरफन्डजस्ता विभिन्न नामका नेटवर्क मार्केटिङमा आबद्ध नहुन ध्यानाकर्षण गराएको छ । यस्ता सबै प्रकारका कार्य गैरकानूनी भएको बताउँदै गैरकानूनी वित्तीय औजार भनेको छ । त्यस्तै, गृहमन्त्रालयले ‘गैरकानूनी आर्थिक क्रियाकलाप’ भन्दै क्रिप्टो र हाइपरमा सहभागी नहुन विज्ञप्ति प्रकाशन गरेको छ । इन्टरनेटबाट हुने यस्ता नेटवर्किङ गतिविधिमा संलग्न हुनेलाई कानूनी कारबाही गरिने बेहोरा उल्लेख गरेको छ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

सोलुखोला जलविद्युत् आयोजनामा दुई इन्जिनियरको मृत्यु प्रकरण : छानबिन समिति गठन

साेलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधीन सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको ज्यान गएकाे घटनाबारे छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ ।  यस घटनाकाे वास्तविकता पत्ता लगाएर प्रतिवेदन पेस गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज मङ्गलवार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले घटनाको वास्तविकता पत्ता लगाइ भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँप...

यस्तो रहेछ सामाजिक सञ्जालमा भाइरल भएको हृदय विदारक तस्बिरको वास्तविकता

बिहीबार बेलुका साढे ५ बजे दूधे छोरा किरण बटलासहित रुकुमको राडीबाट ना ३ ख ३७८८ नम्बरको रात्रि बस चढेकी उनको मध्यरातमै मृत्यु भएको थियो । तर किरण सिटबाट खसेर रोएपछि मात्रै अरु यात्रुले थाहा पाए ।

सेवा गर्नेमाथि हिंसा कहिलेसम्म?

पछिल्लो समय उपचारका क्रममा बिरामीको मृत्यु हुँदा अस्पताल तोडफोड गर्ने र स्वास्थ्यकर्मीमाथि नै हातपात गर्ने घटनाक्रम बढेर गएका छन्। वास्तविकता नै नबुझी यस्ता खालका हिंसामा उत्रनु कदापी कानुनसम्मत् हुन सक्दैन।

चुरोट पिउनेलाई लाग्दैन कोरोना ? यस्तो छ वास्तविकता

धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ र कोभिड रोगीहरूलाई त यसलै झनै खराब असर गर्छ । अस्पताल भर्ना भएका मानिसको मृत्यु हुने सम्भावनालाई धूम्रपानले झनै बढाउो भनी विश्व स्वास्थ्य संगठनको एक अध्ययनले देखाएको छ ।  तर महामारी शुरू भएदेखि नै विभिन्न अध्ययनहरूले चुरोट पिउँदा कोभिडबाट सुरक्षा पाइने भन्ने निष्कर्ष निकाले ।  यस्तै एउटा अध्ययन जुलाई २०२० मा युरोपीयन रेस्पिरेटोरी जर्नलमा प्रकाशित भयो ।  अध्ययनमा चुरोट पिउनेहरूलाई कोभिड–१९ को जोखिम कम हुने अनि उनीहरूलाई सघन उपचार कक्षमा राख्ने, भेन्टिलेसनमा...