धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ र कोभिड रोगीहरूलाई त यसलै झनै खराब असर गर्छ । अस्पताल भर्ना भएका मानिसको मृत्यु हुने सम्भावनालाई धूम्रपानले झनै बढाउो भनी विश्व स्वास्थ्य संगठनको एक अध्ययनले देखाएको छ ।
तर महामारी शुरू भएदेखि नै विभिन्न अध्ययनहरूले चुरोट पिउँदा कोभिडबाट सुरक्षा पाइने भन्ने निष्कर्ष निकाले ।
यस्तै एउटा अध्ययन जुलाई २०२० मा युरोपीयन रेस्पिरेटोरी जर्नलमा प्रकाशित भयो ।
अध्ययनमा चुरोट पिउनेहरूलाई कोभिड–१९ को जोखिम कम हुने अनि उनीहरूलाई सघन उपचार कक्षमा राख्ने, भेन्टिलेसनमा...