राकेशभक्त पौडेल हत्या प्रकरण : १९ दिन बितिसक्दा वास्तविकता बाहिर आउन सकेन

बाराको जीतपुर सिमरा उपमहानगरपालिका ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या घटनामा प्रहरीको अनुसन्धान फितलो भएको भन्दै मृतक परिवारले गुनासो गरेका छन् । स्थानीय तह निर्वाचनको अघिल्लो दिन वैशाख २९ गते राती छिमेकी चित्रबहादुर केसीको घरमा पौडेलको हत्या भएको थियो । सुरुमा पौडेलको घरको छतबाट लडेर मृत्यु भएको भनिए पनि शव परीक्षण गर्दा टाउकोको पछाडि भागमा धारिलो हतियार प्रयोग भएको भेटिएपछि घटना शङ्कास्पद देखिएको हो । घटना भएको १९ दिन बितिसक्दा पनि प्रहरी प्रशासनले वास्तविकता भने अझै सार्वजनिक गर

सम्बन्धित सामग्री

राकेशभक्त पौडेल हत्या प्रकरण : १२ जना पुर्पक्षका लागि कारागार चलान

बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले सोही क्रममा उनीहरुलाई  प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत बारा जिल्ला अदालत मुद्दा दर्ता भएको र सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत बाराले ९ असारमा  अभियुक्तलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश ग