३ किशोरी मृत्यु प्रकरण: वास्तविकता अझै पत्ता लागेन

कचनकवल–५ पाठामारीका तीन किशोरीको शव रूखमा झुन्डिएको अवस्थामा फेला परेको घटनाको वास्तविकता अझै खुलेको छैन । शंकास्पद स्थितिमा शव भेटिएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन नसकेको हो ।