काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन् । आक्रमणमा हजारा शिया समुदायका सदस्यहरू र अन्य नागरिकको ज्यान गएको थियो । ‘महासचिवले अफगानिस्तानको मजार ए शरीफ शहरमा यात्रुवाहक सवारी साधनहरू र काबुल शहरको शरीफ हजरत जकारिया मस्जिदलगायत भर्खरै भएका आक्रमणहरूको निन्दा गर्दै दुःख व्यक्त गरेको’ महासचिवका प्रवक्ता स्टेफन डुजारिकले […]