बगदादमा भएको हमलाको राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले  सोमबार इराकको राजधानी बगदादमा भएको हमलाको निन्दा गरेको छ । बुधबार राष्ट्रसंघीय सुरक्षा परिषदले सो हमलाको निन्दा गरेको बताइएको छ । इराकको राजधानी बगदादमा भएको सो हमलामा परी कैयौँ नागरिकको ज्यान गएको थियो ।राजधानी बगदादमा सोमबार भएको सो आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जना मानिसको ज्यान गएको थियो । त्यस हमलामा परेर अरु करिब ५० जनाजति नराम्ररी घाइते भएका थिए । दिउसो भएको सो हमलामा परी यहाँका निर्दोष सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।   रा