एक वर्षमा कर्णाली प्रदेशमा २२.९ किमि मात्र सडक कालोपत्र भएको छ । कच्ची र ग्राभेल सडक निर्माणमा पनि यो प्रदेश पछि छ । आर्थिक वर्ष ०७८/७९ को फागुन मसान्तसम्म प्रदेश र पालिकातर्फ कर्णालीमा ९० किमि सडक कालोपत्र भएको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ०७९/८० अनुसार फागुनसम्म थप १ किमिसहित कर्णालीमा प्रदेश र पालिकातर्फ भएको नयाँ सडक कालोपत्रको दूरी ९१ किमि पुगेको छ । १ किमि प्रदेशतर्फ कालोपत्र भए पनि पालिकातर्फ कालोपत्र नै नभएको जनाइएको छ ।